तेह्रथुममा नेकपा (एस) गठन, अध्यक्षमा चोङ्गवाङ्ग

तेह्रथुम । तेह्रथुममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन भएको छ । अध्यक्षमा कृष्ण चोङ्गवाङ्गलाई चयन गर्दै सोमबारको अगुवा कार्यकर्ता भेलाले जिल्ला समिति गठन गरेको हो ।

भेलाबाट नेकपा (एस) तेह्रथुमको उपाध्यक्षमा प्रदीप सुब्बा ‘बादल’ चुनिँदा सचिवको जिम्मेवारी गजेन्द्र कन्दङ्गवाले पाएका छन् भने उपसचिवमा योगेन्द्र गड्तौला चुनिएका छन् ।

जिल्लामा ६५ सदस्यीय समिति बनेको छ । पार्टीले अब जिल्लाकेन्द्रित गतिविधि गर्दै थप संगठन विस्तार गर्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *