एमाले स्थायी कमिटी बैठक आज, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज बिहान बस्ने भएको छ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा अहिले बिहान ९ बजे बस्ने भएको हो ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी) र चालू संसद् अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार संसदमा पार्टीका भूमिकाबारे पनि आजको बैठकमा छलफल हुनेछ ।

यही असोज ४ देखि ६ गतेसम्म एमालेको विधान महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिएको छ । स्थायी कमिटी बैठक हिजै (शुक्रबार) अपरान्ह ४ बजे बस्ने भनिए पनि अन्तिम समयमा स्थगन गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *