एमालेकाे अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसद्‌मा पेश

काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेश संसद्मा टेबल भएको छ । एमालेको नाराबाजीका बीच संसद् बैठकमा राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधन अध्यादेश टेबल भएको हो ।

संसद् अधिवेशन प्रारम्भ भएको पहिलो दिन नै एमाले संसद्को रोष्टम घेराउ गर्दै नाराबाजी गरेको थियो । पहिलो र दोस्रो बैठक नाराबाजीका कारण स्थगित गरेका सभामुख अग्निप्रसाद सापकोटाले तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न समय दिएका थिए ।

गृहमन्त्री खाँणले समय पाएपछि मर्यादापालकको सुरक्षामा रोष्टममा उक्लिएका थिए । एमालेका सांसदहरूले खाँणलाई रोष्टममा पुग्न रोक्न खोजे पनि सफल भएनन् । मर्यादापालकहरूले सांसदहरूलाई रोष्टममा रहेको खाली स्थानको प्रतिपक्ष तर्फको बीचमै बार लगाएर रोकिदिएका थिए ।

सरकारले नेकपा एमाले र जनता समाजवादी दल विभाजनमा सहयोग पुग्नेगरी केन्द्रीय समिति अथवा संसदीय दलमध्ये एकमा २० प्रतिशत सांसद भए दल विजभान गर्न मिल्ने अध्यादेश ल्याइदिएको थियो ।

उक्त अध्यादेशपछि दुवै दल विभाजन भइसकेका छन् । एमाले फुटेर एकीकृत समाजवादी गठन भएको छ भने जनता समाजवादी फुटेर जसपा लोकतान्त्रिक गठन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *