नेपाल-भारत दोस्रो खेल: प्रतियोगिताभन्दा कम हुने छैन

काठमाडौँ । चारवर्षपछि गत बिहिबार नेपालले घरेलु दर्शकमाझ फुटबल खेल्यो । होम ग्राउण्ड र दर्शकको फाइदामा रहेको नेपालले दक्षिण एसियाली ‘बादशाह’ भारतसँग बराबरी खेल्यो । नेपालको प्रदर्शन मध्यम रह्यो । नेपालको विशेष गरेर डिफेन्स लाइनमा बलियो र स्ट्राइकिङ लाइन औषत मात्र देखियो ।

पछिल्लो समय एकपछि अर्को राम्रो प्रदर्शन गर्दै आएको भारतलाई १-१ गोलको बराबरीमा रोक्दा नेपाली टीमले संयमित प्रदर्शन गरेको थियो । नेपालका लागि अपेक्षित भएपनि भारत भने नेपालसँगको बराबरी अपेक्षित थिएन । कीनकी भारत जित निकाल्दै आफुलाई साफको दाबेदारीमा पुन एकपटक बलियो बनाउन चाहन्थ्यो। तर नेपाली टीमले मैदानमा डटेर प्रदर्शन गर्दै भारतलाई बराबरीमा रोक्यो ।

नेपालका प्रशिक्षक अब्दुल्लाहले सोचेजतिको प्रदर्शन सायदै पाए । उनले भोलिपल्ट माफि माग्दै आफ्नो सामाजिक सञ्जालको नियमित छविलाई कायम राखे । नेपालसँग लामो समय पछि मैदानमा उत्रिएको मात्र होइन नेपाली टीमका धेरै खेलाडी नयाँ भएकाले भारत स्वभाविक रुपमा युवा टीमविरुद्ध अपरिचित थियो। त्यसैले भारतीय प्रशिक्षक इगोर स्टिमेक पहिलो खेलमा भएका गल्तीलाई दोस्रो खेलमा दोहोर्‍याउन चाँहदैनन्। अत: आज आइतबारको खेल नेपालका लगि झनै महत्वपूर्ण हुनेछ ।

भारत फिफा बरियतामा नेपालभन्दा ६३ स्थान माथि छ । तसर्थ पनि भारत नेपालसँग दोस्रो खेलमा निश्चित जित निकाल्दै बरियता घट्नबाट जोगिनुका साथै आफ्नो रवाफ कायमै राख्ने प्रयासमा हुने छ । पछिल्लो समय दक्षिण एसियाली लिगमा सर्वाधिक प्रतिस्पर्धात्मक बन्दै गएको आईएसएल खेलेका भारतीय खेलाडी तथा अघिल्लो खेलमा दोस्रो हाफमा राम्रो प्रदर्शन गरेका अनिरुद्ध थापा, डेब्युमा नै उत्कृष्ट प्रदर्शन गरेका सेरिटन फर्नान्डेज र रहिम अलीले सुरूवाती ११ मा स्थान बनाउन सक्नेछन् ।

याे पनि : ८ वर्षपछि नेपाललाई अवसर

सर्वाधिक सफल टीमसँग आज हुने खेल नेपालका लागि यसकारण पनि अर्थपूर्ण छ की नेपाल साफ च्याम्पियनसिपमा सेमिफाइनलभन्दा अघि जान नसकेको टिम छ । भारतलाई आजको खेलमा हराउन सके नेपाल साफको च्याम्पियन बन्नका लागि तयार छ भन्ने सन्देश जानेछ । बलियो टीमलाई पराजित गर्न सके खेलाडीको मानसिकता बलियो हुने निश्चित छ ।

भारत प्रतियोगिताको अधिकांश समय फाइनल पुगेको छ । उसको साफको खराव यात्रा भनेको सेमिफाइनलमा रोकिनु हो, जुन केवल एकपटक भएको थियो । भारत फाइनलमा तीनपटक पराजित भएको छ । त्यसैले पनि दक्षिण एसियाको सफल टीमसँग युवा जोशले भरिपूर्ण र घरेलु टिम नेपालको दोस्रो मैत्रिपूर्ण खेल प्रतियोगिताकै खेलभन्दा कम हुने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *