रूट शीर्ष स्थानमा उक्लँदा को कता पुगे ?

काठमाडौं । ईङ्ल्यान्डका कप्तान जो रुट टेस्ट क्रिकेटको शीर्ष स्थानमा पुगेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ  वरीयतामा रुट, न्युजिल्यान्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सनलाई पछि पार्दै ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा उक्लिएका हुन् ।

यो पनि : रुटको ब्याट चम्किएपछि…

भारतसँगको टेस्टमा उत्कृष्ट प्रदर्शन गरिरहेका रुट करिब ६ वर्षपछि शीर्ष वरीयतामा पुग्न सफल भएका हुन् ।  केन दोस्रो, अस्ट्रेलियाका स्टिभ स्मिथ तेस्रो, अष्ट्रेलियाक} मार्नुस लाबुस्चेन चौथो र भारतका रोहित शर्मा पाँचौं स्थानमा छन् ।

भारतका कप्तान विराट कोहली छैटौँ स्थानमा झरेका छन् । यसैगरी पाकिस्तानका कप्तान बाबर आजम सातौँ, अस्ट्रेलियाका डेभिड वार्नर आठौँ नम्बरमा छन् ।

बलिङतर्फ अस्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा कायमै  छन् । भारतका रविचन्द्र आश्विन दोस्रो, न्युजिल्यान्डका टिम साउथी तेस्रो, अस्ट्रेलियाका जोस हाजलउड चौथो र ईङ्ल्यान्डका जेम्स एन्डरसन पाँचौं स्थानमा छन् ।

अलराउन्डरतर्फ वेष्ट इन्डिजका जासन होल्डर शीर्ष स्थानमा रहँदा ईङ्ल्यान्डका बेन स्टोक्स दोस्रो र भारतका रविन्द्र जडेजा तेस्रो, भारतकै रविचन्द्रन आश्विन चौथो र बंगलादेशका शाकिब अल हसन पाँचौं स्थानमा रहेको आईसीसीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *