गुरुङको दाबी- ‘म जितको नजिक रहेको सभापतिको उम्मेदवार हुँ’

काठमाडौं । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले आफू जितको नजिक रहेको सभापतिको उम्मेदवार भएको दाबी गरेका छन् । बुधबार (आज) काठमाडौंको अनामनगरस्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै नेता गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् । घोषणा गर्दै नेता गुरुङले आफू जितको नजिक रहेको सभापतिको उम्मेदवार भएको दाबी गरेका हुन् । ‘मलाई धेरै युवा साथीहरुले साथ दिन्छु भन्नुभएको छ,’ नेता गुरुङले भने, ‘त्यसो हुँदा म जितको नजिक रहेको सभापतिको उम्मेदवार हुँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *