कल्याण गुरुङको घोषणा- ‘आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार बन्छु’

काठमाडौं । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् । बुधबार (आज) काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन गर्दै नेता गुरुङले आफू सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका हुन् । ‘युवा पुस्ता सक्षम भइसके,’ नेता गुरुङले भने, ‘युवा पुस्ताहरु योग्य भइसके । अबको नेतृत्व युवाहरुले सम्हाल्नु जरुरी छ ।’

नेता गुरुङले आफू कांग्रेसको केन्द्रीय सभापति भएको खण्डमा शिक्षा, स्वास्थ्यलगायतका विषयमा सुधार गर्ने बताएका छन् । ‘निजी अस्पतालहरुको राष्ट्रियकरण, निजी तथा सरकारी विद्यालयहरुको थप परिमार्जन तथा सुधार पनि गर्छु,’ नेता गुरुङले भने, ‘पछिल्लो समयमा शिक्षा र स्वास्थ्यभन्दा महँगो केही पनि छैन ।’

‘पार्टीमा गुटबन्दीको अन्त्य गर्छु’

नेता गुरुङले आफूसँग पार्टीत्रिको गुटबन्दी अन्त्य गर्ने क्षमता भएको दाबी गरेका छन् । ‘यदि म कांग्रेसको केन्द्रीय सभापति बनेँ भने पार्टीभित्रको गुटबन्दीको अन्त्य गर्छु,’ नेता गुरुङले भने, ‘नेपाली कांग्रेस गुटबन्दीले बिगारेको छ । यसको अन्त्य हुन मबाहेक कसैले सक्दैन ।’

पार्टीभित्रको गुटबन्दीले कांग्रेस आफैंलाई असर गर्ने गरेको नेता गुरुङको भनाइ छ । ‘कांग्रेको गरिमालाई जोगाउँदै अगाडि बढ्न म चाहिँ सक्छु । अरुले सक्दैनन,’ नेता गुरुङले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *