आंशिक रुपमा उठ्न थाल्यो काठमाडौंको फोहोर (तस्बिरहरु)

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आजबाट नगर क्षेत्रमा थुप्रिएको फोहोर उठाउन थालेको छ । नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइटमा स्थानीयको अवरोधपछि फोहोर फाल्न नपाउँदा महानगरमा केही हप्तायता थुप्रिएको फोहोर उठाउन थालिएको हो ।

याे पनि : उपत्यकाको फोहोर ‘भ्याली टू’मा राखिने

महानगरले आज केही ठाउँको फोहोर उठाउन सुरु गरे पनि धेरै ठाउँमा भने फोहोरको डुङ्गुर अझै उठाउन बाँकी छ । आज सिसडोलमा फोहोर फाल्न नदिए बल प्रयोग गरेर भएपनि फोहोर फाल्ने महानगरले बताएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *