उपत्यकाको फोहोर ‘भ्याली टू’मा राखिने

काठमाडौँ । करिब ४ हप्तापछि काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर उठ्ने भएको छ । भोलि (बुधबार) बिहान ६ बजेदेखि फोहोर उठ्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहोर उठाउने निर्णय गरेको हो ।

यो पनि : काठमाडौँको फोहोर भोलिदेखि उठ्ने

फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको ककनीको सिसडोल भरिँदा साथै  वर्षाका कारण बाटो अवरुद्ध हुदाँ उपत्यकाको फोहोर उठ्न सकेको थिएन । यस्तै फोहोर व्यवस्थापनका लागि निर्माणधिन बञ्चेडाडाको काम अझै सकिएको छैन । सोहि अवस्थामा पनि सर्वसाधारणको चर्को विरोधका बिच भोलिदेखि फोहोर उठ्ने भएको हो ।

यो पनि : फोहोरै फोहोर

स्टोल ल्याडफिल साइड ८० मिटर हाइटमा रहेको र त्यसको फेदी भ्याली टूमा फोहोर राखिने काठमाडौँ महानगर वातावरण विभाग प्रमुख हरिकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । पानी परिरहेको छ, बाटो कस्तो छ थाहा पनि छैन, तर पनि हाम्रो योजना १ सय ५० वटा गाडी पठाउने हो मकालुखबरसँग प्रमुख श्रेष्ठले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *