काठमाडौँको फोहोर भोलिदेखि उठ्ने

काठमाडौँ । काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर भोलि (बुधबार) देखि उठ्ने भएको छ । बुधबार बिहान ६ बजेदेखि उपत्यकाका चोक र सडकमा थुप्रिएको फोहोर उठ्ने भएको हो ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले बुधबार बिहानदेखि फोहोर उठाउने निर्णय गरेको हो ।

यो पनि : फोहोरै फोहोर

करिब १६ वर्षदेखि फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोट, ककनीको सिसडोलमा फोहोर भरिएपछि शहरमा जताततै फोहोरको डङ्गुर थुप्रिएको हो ।

सामान्यतया १ हजार ४५ मेट्रिक टन फोहोर उत्सर्जन हुने काठमाडौँ उपत्यकामा वर्षायाममा १२ सय मेट्रिक टनसम्म फोहोर उत्सर्जन हुने गर्छ ।

पहिले सडकको अवस्था राम्रो हुँदा दैनिक १५० भन्दा बढि गाडी फोहोर लिएर जाने गरेकोमा अहिले सडकको अवस्था खराब भएकाले ५० वटा गाडी जान पनि धौधौ भएको महानगरपालिकाले जनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *