नेपाल र पीएनजीको खेल एक्सन स्पोर्टसमा लाइभ
२०७८ भदौ १५ गते

काठमाडौँ । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच हुने दुईवटा एकदिवसीय खेलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलबाट हुने भएको छ ।
यो पनि : ‘अन्तिम अभ्यास’मा नेपाली क्रिकेट टिम (तस्बिरहरू)
प्रत्यक्ष प्रसारणसम्बन्धी सम्झौतामा मंगलबार डिस मिडिया नेकवर्कसँग हस्ताक्षर गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत त्रिदेशीय प्रतियोगिता खेल्न नेपाली टिम ओमनमा छ । प्रतियोगिताकै तयारीका क्रममा नेपालले भदौ २२ र २५ गते पीएनजीसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
२०७८ भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित








