खेतको पानीमा डुबेर सप्तरीमा बालिकाको मृत्यु

जनकपुरधाम । खेतमा जमेको पानीमा डुबेर सप्तरीमा एक बालिकाको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१० ईनर्वा बस्ने रामलखन खंगकी अन्दाजी अढाई वर्षीया छोरी अञ्जलीकुमारी मण्डलको बुधबार मृत्यु भएको हो ।

घरदेखि दुई सय मिटर उत्तर स्थानीय कमल मण्डलको खेतको छेउमा रहेको खाली जग्गामा जमेको पानीमा डुबेर उनको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता तथा डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार मृतक बालिकाको आमाले शव डुबेको अवस्थामा देखेपछि पानीबाट बाहिर निकालेको थियो । मृतक बालिकाको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी काफ्लेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *