जोखिम बढेपछि ‘भाइरल रोड’मा घुम्न प्रतिबन्ध

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदी किनार हुँदै बनिरहेको ६ लेनको सडक ‘भाइरल रोड’मा जान प्रतिबन्ध गरिएको छ ।

महाकाली नदीमा बन्न लागेको बन्न लागेको चार लेनको पक्की पुलको पहुँचमार्गमा रुपमा बनिरहेको सडक टिकटकमार्फत् भाइरल बनेको थियो । निर्माणाधीन सडकमा भीडभाड हुन थालेपछि कोरोनाको जोखिम बढेकाले सडकमा घुम्न प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए ।

No description available.

कोरोनाको जोखिम र सडक किनारमै महाकाली नदी भएकाले सुरक्षाका कारण पनि सडकमा घुम्न जान प्रतिबन्ध गरिएको प्रमु जिल्ला अधिकारी पाण्डेले बताए । उनका अनुसार निर्माण कम्पनीका कामदार र स्थानीयले हिँड्डुल गर्न पाउनेछन् । तर‚ सडकमा घुम्ने उद्देश्यका साथ कसैले पनि बस्न पाउने छैनन् ।

सामाजिक सञ्जालमा भाइरल भएपछि सडकमा दैनिक ४/५ हजार मानिस सेल्फी लिन, भिडिओ खिच्न, टिकटक बनाउनका लागि पुग्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *