पोखरामा बन्दै देशकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण

पोखरा । गण्डकीमा हाल दैनिक २ सय ४० किलोलिटर डिजेल र १ सय २० किलोलिटर पेट्रोल खपत हुन्छ । डीपोमा अहिले २ हजार २ सय ८० किलोलिटर डिजल र ३ सय ५० किलोलिटर पेट्रोल तथा ७ सय ६० किलोलिटर मट्टितेल भण्डारण क्षमता छ ।

यहाँबाट कास्की, पर्वत, स्याङ्जा, बागलुङ, म्याग्दी, मुस्ताङ र तनहुँमा पेट्रोलियम वितरण हुन्छ । सामान्य नाकाबन्दी र यातायातमा हुने समस्याका कारण पनि डिजल पेट्रोलको अभाव खेपिरहेको गण्डकीमा अव भने अभाव नहुने भएको छ ।

पोखराको गगनगौंडास्थित निगमको डिपोलाई स्तरोन्नती गरी भण्डारण क्षमता बढाउन लागिएको हो । १ करोड लिटर डिजेल र ३२ लाख ५० हजार लिटर पेट्रोल भण्डारण गर्न सक्ने क्षमतासहितको गृह निर्माणको काम भइरहेको निगमका प्रमुख पुस्कर कार्कीले जानकारी दिए ।

No description available.

उनका अनुसार अहिलेको अहिलेको मागलाई हेर्दा कम्तीमा ३० दिनको माग धान्छ । निर्माण सुरु भएको ९ महिनामा भौतिक पुर्वाधारतर्फका ८० प्रतिशत काम पूरा भइसकेको कार्कीले बताए । ‘भौतिक पुर्वाधार निर्माणको अन्तिम चरणमा छौँ । उपकरण जडानको काम पनि सुरु भएको छ । ९० प्रतिशत सामान आइसकेको छ,’ उनले भने, ‘वैशाखको डेटलाईन छ । त्यतिबेलासम्म जसरी पनि पूरा हुन्छ ।’ उनका अनुसार २८ जना भारतीय कामदारले काम गरिरहेका छन् ।

हरेक प्रदेशमा ९० दिनका लागि इन्धन भण्डारण क्षमता विस्तार गर्ने सरकारी घोषणाअनुसार गण्डकीका लागि पोखरामा भण्डारण गृह निर्माणको अन्तिम चरणमा पुगेको हो । नेपाल आयल निगमले पोखरामा देशकै दोस्रो ठूलो पेट्रोलियम डीपो निर्माण गर्दैछ ।

No description available.

५० लाख लिटर क्षमताका दुईवटा भण्डारण गृह निर्माण गर्न लागिएको हो । करिब ७८ करोड रुपैयाँ लागतमा भण्डारण गृह निर्माण गर्न लागिएको कार्कीले सुनाए । यसबाहेक २४ लाख लिटर क्षमताको पानी ट्यांकी, पम्प हाउस, गार्डरुमलगायत संरचना पनि बन्नेछन् । भण्डारण गृहको गत कार्तिक २७ गते तत्कालिन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गरेका थिए ।

गण्डकी धवलागिरी पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष राजन गोंगजुले भण्डारण गृह उपभोक्ताका लागि निकै फलदायी हुने बताउँछन् । ‘अहिले तीन दिनलाई पेट्रोल र १० दिन डिजल पुग्छ । नाकाबन्दी र विभिन्न परिस्थितिमा समस्या भोग्यौँ । बाढी पहिरोले पनि समस्या भइरहेको छ । ट्याङ्कर कट्न सकेन भने आपत पर्छ,’ उनले भने, ‘यो बनेपछि उपभोक्तालाई राहत महसुस हुन्छ । अभावले हुने समस्या अब केहि हदसम्म टर्न सक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *