सी.जी. फुड्सका कर्मचारीमाथि हातपात गर्नेलाई कारबाही गर्न परिसंघको माग

काठमाडौं । नेपाल उद्योग परिसंघले सी.जी. फुड्समा कार्यरत कर्मचारीमाथि शुक्रवार भएको हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनीय भएको बताएको छ ।

परिसंघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

हालको विषम परिस्थितिमा निरुत्साहित बनिरहेको निजी क्षेत्रको मनस्थितिलाई यस्ता घटनाले थप हतोत्साहित बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भीर असर पार्ने भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रुपमा प्रस्तुत हुन परिसंघले नेपाल सरकार, प्रशासन एवं सम्बन्धित सरोकारवालाहरूको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *