घरजग्गा कारोबारमा यथार्थ विवरणका लागि खरिदकर्ता व्यावसायिक हुन जरुरी : मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घरजग्गा कारोबारमा खरिदकर्ताले पारदर्शी र यथार्थ विवरणको सुनिश्चितताको लागि व्यवस्थित र व्यावसायिक हुन जरुरी रहेको बताएका छन् ।

नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल इस्टेट सम्मेलनमा आइतबार बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले घरजग्गा खरिदकर्ताले घरजग्गाको क्षेत्रफल, स्वामित्वको अवस्था, सम्भावित कानुनी अड्चन र मूल्यको बारेमा पारदर्शी र यथार्थ विवरण प्राप्त गर्न घरजग्गा कारोबार व्यवस्थित र व्यावसायिक हुनुपर्नेमा जोड दिए ।

मन्त्री अधिकारीले घरजग्गा व्यवसायीहरूले व्यावसायिक मर्यादामा रही प्रचलित कानुनको पालना गरेर व्यवसाय गर्न सकिने वातावरण भएमात्रै रियल स्टेट व्यवसाय सबल हुनसक्ने उल्लेख गरे । उनले घरजग्गा कारोबारलाई पारदर्शिता बनाउनु प्रमुख चुनौतीका रुपमा देखापरेको बताए । मन्त्री अधिकारीले कानुन बमोजिम व्यवसाय दर्ता वा इजाजत नलिई कारोबार गर्ने परिपाटीले राज्यले अर्बौँको राजश्व गुमाउनुपरेको बताए ।

उनले कारोबार व्यवस्थित नहुँदा लगानीकर्ता र घरजग्गा खरिदकर्ताको कानुनी संरक्षणसमेत कठिन भएको बताए । उनले नेपालमा घरजग्गा व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउन जरुरी रहेको बताए । उनले व्यावसायिकताको विकास, पारदर्शिता, जिम्मेवार परामर्श ग्राहकलाई अधिकतम छनोटको अवसर दिँदा घरजग्गा व्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन हुने अवस्था रहेको बताए ।

उनले घरजग्गा कारोबार शिथिल भएको अवस्थाले राष्ट्रिय अर्थतन्त्रमा पनि असर परेको बताए । उनले त्यसलाई कम गर्न सरकारले विभिन्न प्रयास गरिरहेको भन्दै कित्ताकाटमा देखिएको समस्या समाधान गर्न भू–उपयोग नियमावली २०७९ संशोधन गरी सहजिकरण गरेको दाबी गरे । उनले घरजग्गामा लगानीकर्तालाई सहज वातावरण निर्माण गर्न भूमिसम्बन्धी ऐनमा आवश्यक संशोधन गरेको उल्लेख गरे । कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन मालपोत ऐन २०३४ लाई संशोधन गरी कारोबार गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।

उनले भने ‘घरजग्गा व्यवसायीहरूले व्यवसायी मर्यादामा रही प्रचलित कानुनको पालना गरेर व्यवसाय गर्न सकिने वातावरण तयार हुन सकेमा रियल इस्टेट व्यवसायले नेपालमा पनि प्रतिष्ठित व्यवसाय बन्ने सम्भावना छ । घरजग्गा कारोबारलाई पारदर्शिता कारोबार गर्ने विषय प्रमुख चुनौतीको रुपमा देखा परेको छ ।

कानुन बमोजिम व्यवसाय दर्ता वा इजाजत नलिई कारोबार गर्ने परिपाटीले त्यस्तो कारोबार करको दायरामा आउन नसक्दा राज्यले राजश्व गुमाएको अवस्था छ भने लगानीकर्ता र घरजग्गा खरिदकर्ताको कानुनी संरक्षणसमेत कठिन हुने अवस्था छ । घरजग्गा कारोबारमा खरिदकर्ताले घरजग्गाको क्षेत्रफल स्वामित्वको अवस्था सम्भावित कानुनी अड्चन र मूल्यको बारेमा पारदर्शी र यर्थाथ विवरण प्राप्त गर्ने हक राख्द छन् ।

यसको सुनिश्चितताको लागि घरजग्गा व्यवसाय व्यवस्थित र व्यवसायी हुन जरुरी छ । नेपालमा घरजग्गा व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएकाले व्यवसायीकाको विकास, पारदर्शिता,जिम्मेवार परामर्श ग्राहकलाई अधिकतम छनोटको अवसर मार्फत घरजग्गा व्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी छ ।

घरजग्गा कारोबार शिथिल भएको अवस्थाले राष्ट्रिय अर्थतन्त्रमा पनि असर परेको छ । त्यसलाई कम गर्न सरकारले विभिन्न प्रयास गरिरहेको छ । कित्ताकाटमा देखिएको समस्या समाधान गर्न भू–उपयोग नियमावली २०७९ संशोधन गरी सहजिकरण गरेको छ । घरजग्गामा लगानीकर्तालाई सहज वातावरण निर्माण गर्न भूमिसम्बन्धी ऐनमा आवश्यक संशोधन गरेको छ ।

कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन मालपोत ऐन २०३४लाई संशोधन गरी कारोबार गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ ।’

नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गाको कारोबारलाई व्यवस्थित, पारदर्शी र व्यावसायिक बनाउनको लागि ल्याण्ड मार्केट अवधारणाको विकास गर्न आवश्यक रहेको बताए । उनले टुक्रे योजनाहरूले नेपालमा व्यवस्थित सहरीकरण बन्न नसक्ने दाबी गरे । उनले व्यवस्थित सहरीकरण बनाउनको लागि निजी क्षेत्रलाई ल्याण्डपुलिङ सरकारले खोल्न आवश्यक रहेको उल्लेख गरे । उनले व्यवसायीहरूले पछिल्लो ३० वर्षमा काठमाडौं उपत्यकामा ४ सय आयोजनाहरू सम्पन्न गरेको भएपनि मर्यादित बनाउन नसकिएको बताए । अध्यक्ष लोहनीले व्यवसायलाई मर्यादित र विश्वासिलो बनाउनको लागि ल्याण्ड पुलिङ खोल्नुपर्ने बताए ।

उनले पछिल्लो समय घरजग्गा कारोबारमा आएको समस्याको कारणले मुलुकको अर्थतन्त्रमा समस्या आएको बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या घरजग्गा कारोबार नहुनु पनि भएको दाबी गरे । उनले घरजग्गा कारोबार देखिएका समस्याको कारण व्यवसायी मात्रै होइन नेपालमा बैङ्कहरू पनि ढल्न सक्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *