होटलहरूमा लगाएको लक्जरी करले विश्वभर राम्रो सन्देश गएन : अध्यक्ष साह

काठमाडौँ । होटल संघ नेपालका अध्यक्ष विनायक साहले बजेटमार्फत होटलहरूमा लगाएको लक्जरी कर खारेज गर्नुपर्ने बताएका छन् ।

संघका अध्यक्ष साहले चालु आर्थिक वर्षको बजेटमा होटलहरूमा लक्जरी कर लागू गरेको र त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश नगएको भन्दै आगामी आर्थिक वर्षको बजेटमा सरकारले खारेज गर्नुपर्ने बताए । अध्यक्ष साहले सरकारले पर्यटन प्रवर्द्धनको लागि करको दायरा बढाउने तर नयाँ कर थप गर्न नहुने बताए । उनले लक्जरी कर लागू भएको कारण अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने अवस्था नभएको बताए ।

अध्यक्ष साहले पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय स्तरका विमानस्थलहरू बनेपनि सञ्चालनमा आउन नसकेको बताए । उनले सरकारबाट पर्यटन व्यवसायीहरूले बजेटमा पर्यटन प्रवर्द्धनकारी नीतिको अपेक्षा गरेको बताए । उनले सरकारले पर्यटन प्रवर्द्धनको लागि बनेका पर्यटन पूर्वाधारहरूलाई तत्काल सञ्चालनमा ल्याउन सक्नेगरी नीति ल्याउनुपर्नेमा जोड दिए । उनले पर्यटन क्षेत्रमा लगाएको लगानीबाट प्रतिफल आउन नसकेको र बैंकको किस्ता ब्याज बुझाउन नसकेको भन्दै त्यसलाई सरकारले सहजिकरण गर्नुपर्ने सुझाव दिए ।

उनले बजेटले पर्यटक दशक भनेर घोषणा गरेपनि काम गर्न नसकेको बताए । उनले उनले सरकारले कृषि, रोजगारी,अ आइटी र पर्यटनमा समेत दशक घोषणा गर्ने काम मात्रै गरेको भन्दै आगामी बजेट विगतको भन्दा फरक बजेट ल्याउन सुझाव दिए । उनले सरकारको नीति तथा कार्यक्रममा पर्यटन प्रवर्द्धन नीतिहरूलाई पुनः संरचना गर्न आवश्यक रहेको बताए ।

उनले सरकारको नीति तथा कार्यक्रममा पर्यटन प्रवर्द्धन नीतिहरूलाई पुनः संरचना गर्ने भनिएको भन्दै बजेटमा समावेश गरी कार्यान्वयन गर्न जरुरी रहेको बताए । उनले वि।स। २०३५ सालको पर्यटन ऐनमार्फत चलिरहेको बताए ।

उनले भने ‘सरकारको नीति तथा कार्यक्रममा पर्यटन प्रवर्द्धनमा अहिलेको जुन गति छ । त्यसमा भएका कामकारबाही र नीतिहरूलाई पुनः संरचना गर्ने भनिएको छ । पर्यटन व्यवसायीहरूले खोजेका कुरा पनि यही हो । २०३५ सालको पर्यटन ऐन मार्फत हामी चलिरहेका छौं । पर्यटन अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नुपर्छ । नेपालमा पर्यटक आउनुपर्ने कारण र नीति योजनाहरूलाई समाउन सक्नुपर्ने छ ।

पर्यटकलाई दिने सेवा सुविधा गुणस्तरीय हुनुपर्छ । पर्यटकले खर्च गर्ने अनुपातमा सेवा सुविधा दिन सक्नुपर्छ । त्यसको लागि नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमहरू बजेटमार्फत आएको खण्डमा सहज रुपमा अगाडि बढ्नसक्छौं । अहिलेको अवस्था चुनौतीपूर्ण छ । ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने अवस्थामा पुगेका छौं । तर मुलुकमा १० लाखको हाराहारीमा मात्रै पर्यटक आइरहेका छन् । क्षमताको एक तिहाइ मात्रै सञ्चालनमा होटलहरु रहेकाले क्षमता कसरी बढाउने काम गर्नुपर्छ ।

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय स्तरका विमानस्थलहरू बनेका छन् । सञ्चालनमा आउन सकेका छैनन् । पर्यटन व्यवसायीहरूले बजेटमा धेरै अपेक्षा गरेका छौं । सरकारले पर्यटन प्रवर्द्धनको लागि बनेका पर्यटन पूर्वाधारहरूलाई तत्काल सञ्चालनमा ल्याउन सक्नेगरी नीति ल्याउनुपर्छ । पर्यटन क्षेत्रमा लगाएको लगानीबाट प्रतिफल आउन सकेको छैन बैंकको किस्ता ब्याज बुझाउन सकेका छैनौ । त्यसको लागि सरकारले सहजिकरण गर्नुपर्छ ।

चालु आर्थिक वर्षमा होटलहरूमा लक्जरी कर लगाएको छ । त्यसले विश्वभर राम्रो सन्देश गएको छैन । त्यसले अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिस्पर्धी हुन सकेको छैन । पर्यटन क्षेत्रमा करको दायरा बढाए पनि नयाँ करहरू थप हुनु भएन । बजेटले पर्यटक दशक भनेर घोषणा गरेको छ । दशकका कुरा कृषि,रोजगारी र आइटीमा समेत छ । पर्यटक दशक घोषणा भएपनि केही काम हुन सकेको छैन । विगतको भन्दा यो वर्ष फरक बजेट आउँछ भन्ने अपेक्षा हो ।’

उनले नेपालमा पर्यटक आउनुपर्ने कारण र नीति योजनाहरूलाई समाउन सक्नुपर्ने बताए । उनले पर्यटकले खर्च गर्ने अनुपातमा सेवा सुविधा दिन सक्नुपर्ने बताए । उनले ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने अवस्थामा पुगे पनि १० लाखको हाराहारीमा मात्रै पर्यटक आइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *