सहयोगको याचना

१२ वर्षीया रोशिकाको उपचारमा आर्थिक अभाव, तनावमा भद्रबहादुरको परिवार

काठमाडौँ । मानिसका आधारभूत आवश्यकता भनेको नै गाँस, बाँस र कपास हो । तर हाम्रा समाजमा यस्ता आधारभूत आवश्यकताको अभावमा बाचेका धेरै मानिसहरू बस्छन् । हो, भद्र बहादुर भुजेलका परिवार ती नै मानिसहरूका प्रतिनिधि पात्रहरू हुन् ।

सुनसरी रामधुनि-७ मा बस्दै आएका भद्र बहादुर भुजेलका परिवारमा ७१ वर्षीय हजुरबुबा सिंहबहादुर भुजेलसहित ७ जनाको परिवार रहेका छन् । उनका ३ वटा छोरीहरू र एउटा छोरा छन् । सबैभन्दा कान्छो छोरा भरखर ४ वर्षका भए । उनकी छोरीहरू पनि अहिले अध्ययनरत छन्, कमाउन सक्ने भई नसकेका बुबा भाद्रबहादुरले बताए ।

उनीहरू पहिले झापामा बस्थे । उनीहरूको आफ्नै जग्गा जमिन थिएन । अहिले उनीहरू चोया र माटोले लिपेको एउटा सानो छाप्रोमा स-परिवार बस्दै आएका छन् । नाताले बाजेपर्ने आफन्तको जग्गामा उनीहरू त्यहाँ विगत ४० सालदेखि बस्दै आएको भद्रबहादुरकी पत्नी सहारा भुजेलले बताइन् । ‘जग्गाजमिन पनि केही छैन । चिनेकै मान्छेको जग्गामा छाप्रो हालेर बसेका बस्छौँ । यहाँबाट पनि उठेर जा भन्यो भने जानुपर्छ,’ उनले भनिन् ।

उनीहरूको छाप्रो जंगलको नजिकै रहेको छ । त्यसकारण जंगलीहात्तीको एकदमै जोखिम रहने उनले दुखेसो पोखिन् । उनले त्यहाँ व्यवस्थित चर्पी र खानेपानीको समेत अभाव रहेको बताइन् । भनिन्, ‘पानीको पनि अभाव छ । बस्ने घर राम्रो छैन । जंगलको छेउमा छ । हात्तीको त्रास हुन्छ ।’

यी सबै समस्याहरूका बाबजुद पनि खुसीसाथ बाचिरहेका उक्त परिवारमा केही समयदेखि हाँसो हराएको छ । श्रीमान भद्रबहादुर केहिसमय अगाडि बिरामी परे । पत्नी सहाराले उनलाई आर्मी क्यापदेखि अलिपर रहेको सहकारी सामुदायिक निजी अस्पतालमा लगिन् । उक्त अस्पतालमा ३०/ ३५ हजार जति खर्च भएको सहाराले सुनाइन् । श्रीमान् बिरामी भएदेखि आर्थिक अभावले सताएको उनको भनाई छ ।

उनका अनुसार अस्पतालले भद्रबहादुरलाई ब्लड इन्फेक्सन, पिसाब इन्फेक्सन र अल्सर भएको बताएका थिए । तर ४/५ पटक अस्पताल धाएपछि स्वास्थ्यमा केही सुधार आएको उनले सुनाइन् । घरको मुख्य मान्छे नै बिरामी भएपछि आर्थिक समस्यामा परेको उनले भनिन् ।

उनले १२ वर्षीया माहिली छोरी रोशिकाको गालामा गल्फुलेले दुख दिएको बताइन् । उनले मेडिकलबाट ४/५ पटक टेप किनेर टालिदिइन् । तर पनि निको नभएको उनले गुनासो गरिन् । उनले भनिन् ‘अस्पताल लैजाने पैसा भएन । तररा सामुदायिक अस्पतालमा लगेको । बिर्तामोड तिर लानु, राम्रो डाक्टरकोमा लानु भने । पैसा नभएर लगेका छैनौँ ।’

रोशिकाको गल्फुलेको समस्या अहिले झन् सारो हुँदै गएको सुनाइन् । गाला दुख्दा, तलको पेट पनि दुख्ने उनले भनिन् । उनले परिवारमा आर्थिक अवस्था कमजोर भएकोले खानकै लागि धौ-धौ परिरहेको र छोरीको राम्ररी उपचार समेत गर्न नपाएको बताइन् । उनले आर्थिक सहयोग गरिदिन सबैलाई आग्रह गरेकी छन् ।

पीडितको परिवार

सिंहबहादुर भुजेल, ७१ वर्ष -ससुरा

भद्र बहादुर भुजेल, ३९ वर्ष -श्रीमान्

सहारा भुजेल, २९ वर्ष -पत्नी

रोशनी भुजेल, १४ वर्ष -छोरी

रोशिका भुजेल, १२ वर्ष -छोरी

रोशना भुजेल, ६ वर्ष -छोरी

रोजन भुजेल, ४ वर्ष -छोरा

पीडितको सम्पर्क नम्बर : ९८१९०२३५५१ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *