मुक्तिनाथ बैंक र काठमाडौं विश्वविधालयबीच ग्रिन हाइड्रोजन इन्धनको अनुसन्धानकालागि सहकार्य

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले ग्रिन हाइड्रोजन इन्धनका अनुसन्धानको लागि काठमाडौं विश्वविधालय सँग सहकार्य गरेको छ ।

एक कार्यक्रमबीच बैंकले काठमाडौं विश्वविधालय अन्तरगत रहेको ग्रिन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौं विश्वविधालयका उपकुलपति डा. भोला थापा , ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. बिराज सिंह थापा तथा दुवै संस्थानका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । हाल ग्रिन हाइड्रोजन ल्याबले ग्रिन हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्ने बैंकले जनाएको छ ।

यस सहयोगहरूबाट मुक्तिनाथ विकास बैंकले नेपालमा रहेको प्राकृतिक स्रोतको असीमित सम्भावनाहरूलाई अनुसन्धान गर्ने मौका सँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *