प्रभु महालक्ष्मी इन्स्योरेन्सको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ बैशाख २२ गते शनिवार काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । क्याफ्टीङ लिडरसिप कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ७ सय भन्दा बढी अभिकर्ताहरूको उल्लासमय सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले अभिकर्ताहरूको उच्च सम्मान व्यक्त गर्दै काम गर्न ऊर्जा प्रदान गरेका थिए ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्दै अभिकर्ताहरूलाई आफ्नो पेसामा निष्ठापूर्वक काम गर्दा कहीँ कतै बाधा आए कम्पनीले सधैँ सहजीकरण गर्ने बताए ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले स्वागत मन्तव्य राख्दै जीवन जिउनका लागि मात्र नभएर जीवन जित्नका लागि हो, त्यसैले आफ्नो पेसामा सफलता प्राप्त गर्न निरन्तर र परिणाममुखी कार्य गर्न प्रोत्साहन गरे ।

कम्पनीका तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडाले अभिकर्ताहरूलाई कम्पनीले प्रदान गर्ने सेवा सुविधा तथा विक्रीकला सम्बन्धी तालिम प्रदान गरेका थिए । कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार कम्पनीका ब्राण्ड एम्बेसडर मनोज गजुरेलको सहभागीहरूमा रोचक ढंगले उत्प्रेरणात्मक प्रस्तुति रहेको थियो । उनले जीवन बिमाले सबैको जीवनमा निश्चिन्तता प्रदान गर्नेमा विश्वस्तता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *