परम्परागत कानुनबाट जग्गाको खण्डीकरण रोक्न सम्भव छैन : सचिव दुवाडी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले परम्परागत कानुन, कारोबारको पद्धति र प्रवृत्तिबाट जग्गाको खण्डीकरण रोक्न सम्भव नभएको बताएका छन् ।

नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल इस्टेट सम्मेलनमा आइतबार बोल्दै सचिव दुवाडीले यस्तो बताएका हुन् । उनले घरजग्गाको परम्परागत कारोबार शैली, प्रवृत्ति र कानुनहरूमा परिमार्जन बिना जग्गा खण्डीकरण रोक्न नसकिने दाबी गरे ।

उनले सरकारले जग्गा खण्डीकरण रोक्नको लागि जग्गाको वर्गीकरण गरेर मात्रै कित्ताकाट गर्न पाउने गरी प्रयास गरेको तर सफल नभएको बताए । उनले जग्गा कित्ताकाट रोक्दा मुलुकको आर्थिक, सामाजिक, राजनीतिक सबै क्षेत्र प्रभावित भएको उल्लेख गरे । सचिव दुवाडीले सरकारले अपेक्षाअनुसार कित्ताकाट नखोलिए पनि केही समयअघि मात्रै कित्ताकाट खोलिएको बताए ।

उनले जग्गाको कित्ताकाट खोल्दै गर्दा व्यवस्थित सहरीकरण र दिगो विकासका अवधारणालाई जोड्ने गरी कारोबार गर्न आवश्यक रहेको बताए । उनले घरजग्गा कारोबार सम्बन्धी विज्ञहरूले व्यवस्थित सहरीकरण र दिगो विकासका अवधारणालाई जोड्न विज्ञता देखाउनुपर्नेमा जोड दिए । उनले घरजग्गा कारोबार विज्ञहरूले आफ्नो विज्ञता जग्गा खण्डीकरणलाई जोगाएर व्यवस्थित बनाउनमा लगाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले त्यसका लागि सरकार निजी क्षेत्रसँगै रहने बताए । उनले घरजग्गा कारोबारको क्षेत्रमा ठूलो सम्भावना र अवसर रहेको बताए । उनले अहिले पनि १८ हजार संस्थाहरु सक्रिय रुपमा घरजग्गा व्यवसायमा क्रियाशील रहेको बताए । उनले घरजग्गा व्यवसायमा २५० खर्ब भन्दा बढी लगानी भइरहेको बताए । उनले घरजग्गा कारोबारलाई सुव्यवस्थित बनाएर अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउँदै व्यवस्थित र योजनाबद्ध रुपमा अगाडि बढ्ने घरजग्गा व्यवसायीहरूको उद्देश्य पूरा गर्न सकिने बताए ।

उनले भने ‘हाम्रो कानुनी प्रबन्ध र परम्परागत प्रवृबि र प्रविधि प्रयोग गरिरहेका छौं । जसकारण भूमिको खण्डीकरण रोक्न सम्भव छैन । सरकारले केही खण्डीकरण रोक्ने प्रयत्न पनि गरौं । त्यसको आर्थिक,सामाजिक,राजनीतिक सबै क्षेत्र प्रभावित भयो । भर्खरै खोलिएको अवस्था छ । अपेक्षित रुपमा खोलिएको अवस्था होइन । जग्गाको कित्ताकाट खोल्दै गर्दा व्यवस्थित सहरीकरण र दिगो विकासका अवधारणामा कहाँ जोड्न सक्छौँ । विज्ञयता त्यहाँ देखाउनुपर्छ । हाम्रा विज्ञहरूले आफ्नो विज्ञता त्यहाँ प्रदर्शन गरेर भइरहेको जग्गा खण्डीकरणलाई पनि जोगाएर व्यवस्थित बनाउन सकिन्छ । त्यहाँ जानुपर्छ । त्यसको लागि सरकार निजी क्षेत्रसँगै छ । घरजग्गा कारोबारको क्षेत्र ठूलो सम्भावना र अवसर भएको क्षेत्र हो । १८ हजार संस्थाहरु सक्रिय रुपमा घरजग्गा व्यवसायमा क्रियाशील हुनुहुन्छ । २५० खर्ब भन्दा बढी लगानी भइरहेको छ । यो व्यवसायीहरूको मात्रै लगानी हो । यसलाई सुव्यवस्थित बनाएर अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउँदै व्यवस्थित र योजनाबद्ध रुपमा अगाडि बढ्नसक्यौं भने घरजग्गा व्यवसायीहरूको उद्देश्य पूरा गर्न सकिन्छ ।’

उनले नेपाल कृषिप्रधान मुलुक भएपनि कृषि जमिनको हिस्सा फरक रहेको बताए । उनले कृषिप्रधान मुलुक भएपनि बिहानदेखि बेलुका खानुपर्ने खाद्यान्नका विषय पनि आयातमा निर्भर हुनुपरेको बताए । उनले सरकार र निजी क्षेत्र मिलेर व्यवस्थित सहरीकरण गर्दै कृषिको उत्पादन र उत्पादकत्व वृद्धिमा पनि जोडिएर जानुपर्ने अवस्था आएको बताए ।

उनले चामलको आयात कम भयो भन्दा बजार सशङ्कित हुने मुलुकमा राम्रो घरमात्रै बनाएर नपुग्ने बताए । उनले घर बनाउँदै गर्दा कृषिसँग जोडेर उत्पादन र उत्पादकत्व सुनिश्चित हुनेगरी योजनाहरू बनाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *