लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको छ ।

बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाई एउटै छाताभित्र ल्याएको हो ।

यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरूलाई राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको छ ।

यस पहल अन्तर्गत आगामी ७ वर्षमा कूल ३५ लाख रकम प्रदान गर्ने गरी बैंकले हालै समता एजुकेसन ट्रस्टसँग समझदारी (MOU) गरेको छ । सो रकमले देशभरिका समता स्कूलमा अध्ययनरत सामाजिक र आर्थिक रूपमा विपन्न छात्राहरूले वार्षिक रूपमा छात्रवृत्ति प्राप्त गर्नेछन् ।

यसै गरी बैंकले आगामी ५ वर्ष सम्ममा १ करोडको छात्रवृत्ति कोष स्थापना गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेको छ ।

सो कोष मार्फत सोही विश्वविद्यालयबाट STEM (विज्ञान, प्रविधि, इन्जिनियरिङ्गग र गणित) विषयहरूमा स्नातकोत्तर वा विद्यावारिधि गर्न चाहने योग्य तथा आर्थिक रूपमा विपन्न महिलाहरूले छात्रवृत्ति प्राप्त गर्नेछन् । सो कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने महिलाहरूको संख्या वर्षेनी बढाउँदै लगिने छ ।

यस छात्रवृत्ति मार्फत २०२४ ब्याचका इरादा सुवेदी (एम. इ. स्ट्रकचरल इन्जिनियरिङ्ग) र सुनेना न्याछ्योँ (एम.एससी. इ एस)  हाल अध्ययनरत छन् ।

यस अघि पनि बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा नेपालभरीका प्रहरी विद्यालयहरूमा अध्ययनरत योग्य छात्राहरूलाई यस्तै प्रकारको अक्षय कोष स्थापना गरी छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

यस बाहेक बैंकले छात्राहरूलाई अन्य क्षेत्रहरूमा सहयोग गर्नुका साथै महिला उत्थानका लागि विभिन्न अभियानहरू संचालन गर्दै आएको छ ।

यी प्रयासहरूले लक्ष्मी सनराईज बैंकको शिक्षित लक्ष्मी मार्फत शिक्षाको प्रवर्द्धन र महिला सशक्तीकरण प्रतिको प्रतिबद्धतालाई झल्काउँछ । लैङ्गिक समानतालाई आत्मसाथ गर्दै विभिन्न क्षेत्रहरूमा महिलाहरूको उत्थानमा टेवा पुर्याउने सो पहल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको एक मुख्य अङ्ग हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *