त्रिकोणात्मक शृंखला खेल्न नेपाली क्रिकेट टोली ओमन प्रस्थान

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-टूअन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक शृंखला खेल्न नेपाली टोली ओमन प्रस्थान गरेको छ ।

१७ खेलाडीसहित २२ सदस्यीय नेपाली टोली मंगलबार बिहान सलाम एयरको विमानबाट ओमान प्रस्थान गरेको हो । प्रतियोगिता भदौ २८ देखि असोज ४ गतेसम्म हुने तय भएपनि खेल तालिका भने सार्वजनिक भइसकेको छैन ।

शृंखलाअघि नेपालले ओमानमै पपुवा न्यूगिनीसँग दुईवटा मैत्रीपूर्ण एकदिवसीय खेल खेल्नेछ । त्यसअघि ओमान पुगेर नेपाली टिमले १ हप्ता विशेष प्रशिक्षण गर्ने क्यानले जनाएको छ । नेपाल र पपुवा न्यूगिनीको मैत्रीपूर्ण खेल भदौ २० र २३ गते हुने क्यानले जनाएको छ ।

लिगमा ४ खेलमा ४ अंक जोडेको नेपाल तालिकाको छैटौँ स्थानमा छ । यसअघि घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुवै खेलमा पराजित भएको थियो । ओमान १० खेलमा १६ सहित शीर्ष स्थानमा छ भने १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ ।

ओमान गएको नेपाली टोली
खेलाडीहरू- ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, शुसन भारी, शरद भेषावकर, पवन सर्राफ, रोहितकुमार पौडेल र बिक्रम शोब ।

मुख्य प्रशिक्षक- डेभ वाटमोर, व्यवस्थापक- मोहमद दाउद अन्सारी, टेक्निकल एनालिस्ट- रमण शिवाकोटी, फिजियो- बिक्रम न्यौपाने र ट्रेनर- राकेश गोहिल ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *