पोखरामा अभ्यास गर्दै राष्ट्रिय टीम

कास्की । नेपाली राष्ट्रिय फुटबल टीमले आगामी साफ च्याम्पियनसीपको तयारी अब पोखरामा रहेर गर्ने भएको छ । एन्फाले साफअघि केही मैत्रीपूर्ण खेलको आयोजनाको तयारी गरेको छ ।

काठमाडौंमा एक महिना प्रशिक्षण गरेपछि प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीच विवाद भएपछि टोलीलाई १० दिनको विश्राम दिइएको थियो ।

सुरुमा प्रशिक्षक अलमुताइरीले ५० सदस्यीय टीमलाई प्रारम्भिक चरणमा राखेका थिए । जहाँबाट दोस्रो चरणमा ३६ खेलाडी छनोट गरिएको थियो । तर पोखरामा हुने प्रशिक्षणमा केहि खेलाडी सामेल नहुने भएपछि गोलरक्षक विशाल सुनार, मिडफिल्डर सेसेहाङ आङदेम्बे र विंगर शिशिर लेखिलाई पुनः टीममा सहभागी गराइएको हो।

एरिक विष्ट र प्रकाश बुढाथोकी पोखराको प्रशिक्षणमा सहभागी नहुने भएपछि केहि खेलाडी थपिएको हो ।

कतारमा शल्यक्रियापछि नेपाल फर्किएका विक्रम लामा यसअघि व्यक्तिगत फिटनेसका लागि मैदान जाने गरेपनि उनले मैदानमा गरेको प्रदर्शनका आधारमा क्लोज क्याम्पमा बोलाइएको छ । पोखरामा ३८ सदस्यीय टोलीले १५ दिन अभ्यास गर्नै तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *