साफ च्याम्पियनसीप आयोजनाको जिम्मा माल्दिभ्सलाई

काठमाडौँ । साफ च्याम्पियनसीप फुटबलको आयोजनाको जिम्मेवारीबाट बंगलादेशले हात झिकेपछि आयोजनाका लागि तत्पर देखिएको नेपाल पनि सो अवसरबाट वञ्चित भएको छ ।

दक्षिण एसियाको सर्वोच्च फुटबल प्रतियोगिता साफ च्याम्पियनसीपको १३ औँ संस्करणको आयोजनाको जिम्मा माल्दिभ्समा दिइएको हो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले च्याम्पियनसीप आयोजनाको जिम्मेवारी माल्दिभ्सलाई दिने निर्णय गरेसँगै घरेलु मैदानमा साफ आयोजना गर्ने नेपालको चाहाना पूरा भएन ।

च्याम्पियनसीप १ देखि १५ अक्टोबरसम्म आयोजना हुनेछ । साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सलाई विस्तृत प्रस्ताव पेश गर्न साफले आग्रह गरेको थियो । सोहिअनुसार नेपालले प्रतियोगिता आयोजनाका लागि १० करोड खर्च लाग्ने र ५ करोड नेपाल सरकारले दिने सुनिश्चितता भएको भन्दै आयोजनाको दाबी गरेको थियो । यद्यपि नेपालमा बढ्दो कोभिड संक्रमणका कारण नेपाललाई दिने सम्भावना कमजोर हुँदै गएको थियो ।

यसअघि बंगलादेशमा प्रतियोगिता हुने तय भएपनि बंगलादेशले कोभिड-१९ को कारण देखाउँदै प्रतियोगिता गर्न नसक्ने जानकारी साफलाई गराएको थियो । त्यसपछि साफले आयोजना गर्न उत्सुक रहेको नेपाल र माल्दिभ्सलाई विस्तृत प्रस्ताव पठाउन भनेको थियो । माल्दिभ्सले पनि एक साताअघि विस्तृत प्रस्ताव पठाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *