विवेकशील साझाका संयोजक पाण्डेसहित चार नेताले ल्याए ‘काउन्टर प्रतिवेदन’

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेसहित चारजना नेताले राजनीतिक प्रस्ताव ल्याएका छन् । संयोजक पाण्डे, नेता केशव दाहाल, रञ्जु दर्शना र राजेन्द्र पंगेनीले मंगलबार ‘काउन्टर प्रस्ताव’ ल्याएका हुन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले संघीयता र धर्म निरपेक्षताबारे जनमतसंग्रह गर्नुपर्ने धारणासहितको प्रस्ताव ल्याएपछि चारजना नेताले अर्को प्रस्ताव ल्याएका हुन् ।

अध्यक्ष मिश्रले ल्याएको ‘व्यक्तिगत प्रस्ताव’ ले राजनीतिक तरंग सिर्जना गरिरहेका बेला चारजना नेताले नयाँ प्रस्ताव ल्याएका हुन् ।

प्रस्ताव सार्वजनिक गर्दै संयोजक पाण्डेले आफूहरूले व्यवस्था नभई अवस्था परिवर्तन गर्ने कुरामा जोड दिने भन्दै त्यसैअनुसार नयाँ प्रतिवेदन ल्याएको बताए ।

नयाँ प्रस्तावमा वैकल्पिक राजनीतिलाई गलत दिशामा लैजान नहुने, मुख्यगरी गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा तथा संघीयतामा सुधार आवश्यक रहेको उल्लेख गरिएको छ । प्रस्तावमा शिक्षा नि:शुल्क हुनुपर्ने, स्वास्थ्य सेवा सर्वसुलभ हुनुपर्नेलगायत कुरा उल्लेख गरिएको छ ।

प्रस्ताव:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *