दार्चुला घटनाको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले सोमबार लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।

गत १५ गते बिहान भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी खोलिदिँदा नेपाली नागरिक जयसिंह धामी हराइरहेको विषयमा अखिलले सोमबार दूतावास अगाडि भारत सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरूले जयसिंह धामी बेपत्ता भएको भन्दै वास्तविक दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग राखेका छन् । यसका साथै उनीहरूले सीमा अतिक्रमण बन्द गर्नुपर्नेलगायतका नारा लगाएका थिए । प्रदर्शनमा बालबालिकालाई पनि झण्डा बोक्न लगाइएको थियो ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *