झापामा एक साताका लागि लकडाउन गर्ने डीसीसीएमसीको निर्णय

विराटनगर । कोरोना संक्रमण दिनानुदिन वृद्धि हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले आगामी शनिबार (१६ गते) राति १२ बजेदेखि एक साता लकडाउन गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको डीसीसीएमसी र पालिका प्रमुखहरूको संयुक्त बैठकले जिल्ला नै सील गर्ने निर्णय गरेको हो ।

बैठकले तेस्रो लहरसमेत देखा पर्न कोभिड नियन्त्रणका लागि स्थानीय पालिकाहरूलाई आइसोलेसन सेन्टर र होम आइसोलेसन सेन्टर तयारी अवस्थाामा राख्न निर्देशनसमेत दिएको छ । मेची प्रदेशिक अस्पतालमा जडान भइरहेको अक्सिन प्लान्ट तत्काल सञ्चालन गर्ने तथा जिल्लाका ठूला निजी अस्पतालहरूलाई समेत अक्सिजन प्लान्ट जडान गर्न आग्रह गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।

प्रजिअ तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले जिल्लामा खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुका साथै स्वास्थ्य मन्त्रालयसँग थप खोप माग गर्ने निर्णयसमेत गरेको छ । सरकारले तोकेको लक्ष्यभन्दा भन्दा धेरै जनसंख्या भएकाले कोटा बढाउन माग गरेको छ ।

आगामी १८ गतेबाट लक्षित उमेर समूह तोकेर जिल्लाभर खोप कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ । हाल झापाको मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोड सील गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *