निर्मला हत्यामा संलग्नलाई पक्राउ नगरेको भन्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ वर्ष बितिसक्दा पनि हत्यारा पक्राउ नपरेको भन्दै आज (मंगलबार) साँझ मिसन टू सपोर्ट र फेसबुक ग्रुप वुमेन्स रुम रिलोडेडले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

प्रदर्शनको क्रममा प्रदर्शनकारीले हत्यारा पक्राउ गर्न सरकारलाई दबाब दिँदै पन्तको सम्झनामा दीप प्रज्वलनसमेत गरेका छन् ।

निर्मला हत्या भएको तीन वर्ष बितिसकेको छ ।  १३ वर्षीया बालिका निर्मला पन्त विद्यालयको गृहकार्य गर्ने भन्दै २०७५ साउन १० गते दिउँसो घरबाट निस्केर साथीको घर गएकी थिइन्‚ र सोही दिनदेखि नै बेपत्ता भइन् । त्यसको भोलिपल्ट घरभन्दा एक किलोमिटरको दुरीमा रहेको उखुबारीमा बलात्कार गरेर हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो ।

उक्त घटनामा संलग्न दोषीलाई सरकारले अझै कारबाहीको दायरामा ल्याउन सकेको छैन ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *