बाबुरामको अभिव्यक्ति विवादास्पद भएको भन्दै विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगामा दूध चढाएको भन्दै पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले दिएको अभिव्यक्ति दुराशयपूर्ण रहेको भनी वीर गोर्खाली अभियानले त्यसको विरोध प्रदर्शन गरेको छ ।

गंगामा दूध चढाउँदै गरेको योगी आदित्यनाथको तस्बिरलाई लिएर जथाभावी अभिव्यक्ति दिएको र त्यसले मित्रवत् सम्बन्धमा आँच आउने भएकाले पूर्वप्रधानमन्त्री भट्टराईलाई कारबाही गर्न माग गर्दै वीर गोर्खालीले विरोध प्रदर्शन गरेको हो ।

‘मित्रवत् सम्बन्धमा आँच आउने अनेकौँ प्रपञ्च र टिकडमको वीर गोर्खाली अभियान घोर भर्त्सना गर्द । पूर्व प्रम बाबुराम भट्टराईद्वारा अभिव्यक्त विचार निन्दनीय‚ अशोभनीय र राजनीतिक स्वास्थपूर्तिका लागि छिमेक सम्बन्धलाई प्रभावित पार्ने दुराशययुक्त र दिग्भ्रमित मानसिकताको उपजबाहेक अन्य हुन सक्दैन भन्ने हाम्रो ठहर रहेको छ‚’ वीर गोर्खालीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वीर गोर्खालीले भट्टराईको अभिव्यक्तिले भारतसँगको सम्बन्धमा खलल पुग्ने भन्दै उनलाई तत्काल कारबाही गर्नसमेत माग गरेको छ ।

प्रदर्शन धुम्बाराहीदेखि हाडिगाऊँ र धोबिखोला हुँदै माइतीघरमा आएर टुंगिएको थियो ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *