हरेक क्षेत्रमा हुने विभेदविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । हरेक क्षेत्रमा हुने विभेदविरुद्ध ‘प्रतिरोध  जनाधिकार आन्दोलन समूह’ले विरोध प्रदर्शन गरेको छ । सो समूहले बिहीबार माइतीघरमा जम्मा भई विभिन्न जात, लिङ्ग, वर्ण आदिमा हुने विभेदविरुद्ध प्रदर्शन गरेको हो ।

‘प्रतिरोध जनाधिकार आन्दोलन समूह’ले आयोजना गरेको उक्त प्रदर्शन माइतीघरबाट सुरु भई नयाँ बानेश्वर पुगेर टुङ्गिएको थियो । कार्यक्रममा विभिन्न कवि, गायकलगायतको उपस्थिति भएको थियो भने उनीहरूले कविता वाचनसहित गीत प्रस्तुत गरेका थिए ।

प्रदर्शनका क्रममा थिएटर मलका कलाकारहरुले नाटकसमेत प्रदर्शन गरेका थिए ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *