बाँदरको मखुन्डो लगाएर युवा संघद्वारा विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट युवा संघले नेकपा (मा‌ओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको विरोधमा बाँदर जुलुस निकालेका छन् ।

मंगलबार युवा संघले नयाँ बानेश्वरमा बाँदरको मखुन्डो लगाएर माओवादी अध्यक्ष प्रचण्ड‚ एमालेका वरिष्ठ नेता नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध जुलुस निकालेको हो ।

गत जेठ ७ गते मध्यरातमा निवर्तमान प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । जसलाई सर्वोच्च अदालतले उल्ट्याएर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । यसपछि निरन्तर रुपमा एमालेनिकट युवा संघले विरोध जनाउँदै आएको छ ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *