अघिल्लो सरकारले गरेका राजदूत नियुक्ति खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । विभिन्न देशका लागि राजदूत नियुक्तिसम्बन्धी अघिल्लो सरकारले गरेको निर्णयलाई सरकारले खारेज गरेको छ ।

सोमाबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदीय सुनुवाईबिना नै राजदूत नियुक्त गर्ने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय खारेज गरेको कानुनमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग प्रवक्त कार्कीले अस्ट्रेलिया, श्रीलंका, डेनमार्क, बहराइन, दक्षिण कोरिया, इजिप्ट, म्यानमारलगायत देशका लागि यसअघिको सरकारले गरेको राजदूत नियक्तिको सिफारिस खारेज गर्ने निर्णय गरेको बताएका हुन्  ।

निवर्तमान प्रधानमन्त्री ओली नेतृत्वको अघिल्लो सरकारले गतजेठ १ गते विभिन्न ११ देशमा राजदूत नियक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *