सबै नेपालीलाई पुग्ने खोपको व्यवस्था मेरो नेतृत्वको सरकारले गरिसकेको छ : ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोपलाई अहिलेको सरकारले प्राथमिकता दिइरहन जरुरी नभएको बताएका छन् ।

ललितपुरस्थित तुलसी स्मृति प्रतिष्ठनामा पार्टीकी केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले आफ्नै नेतृत्वको सरकारले सबै नेपालीलाई पुग्नेगरी खोपको व्यवस्था गरिसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई प्राथमिकता दिइरहन जरुरी नभएको बताएका हुन् ।

‘केही पनि नभएको ठाउँबाट सबैले कोभिडविरुद्धको खोप लगाउन पाउने अवस्थामा पुर्‍याएका छौं । दक्ष जनशक्ति, खोप लगाउने केन्द्र र तदनुसारको प्रबन्ध र सबै नेपालीलाई क्रमशः लगाउने पुग्नेगरी खोपको व्यवस्था गरेका छौं,’ अध्यक्ष ओलीले भने, ‘अब कसैले प्राथमिकता खोप, खोप, खोप भनेर जोड दिइरहन आवश्यक छैन ।’

प्रधानमन्त्री देउवाले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा कोभिड खोप लगाउने कामलाई प्राथमिकताका साथ अघि बढाउने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =