चीनले नेपाललाई १६ लाख खोप अनुदानमा दिने
२०७८ साउन १ गते

काठमाडौं । चीनले नेपाललाई कोरोनाविरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ ।
शुक्रबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटी चिनियाँ राजदूत होउ यान्छीले अनुदानमा १६ लाख खोप उपलब्ध गराउने बताएकी हुन् ।
यसअघि सरकारले थप ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरिसकेको छ । जसअन्तर्गत आठ लाख डोज खोप आइसकेको छ भने अरू खोप आउन बाँकी नै छ ।
भेटका क्रममा राजदूत यान्छीले महामारीमा चीनले नेपाललाई सकेको सहयोग गर्ने बताएकी थिइन् । त्यस्तै प्रधानमन्त्री देउवाले पनि चीन र नेपालबीच आपसी सम्बन्ध थप सुदृढ गर्दै लैजाने बताएका थिए ।

२०७८ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित









