युवा संघद्वारा अफ्ताब र गच्छदारको पुत्ला दहन (तस्बिरहरू)

काठमाडौं । ओली समर्थित राष्ट्रिय युवा संघ नेपालले बिहीबार नयाँ बानेश्वरमा रौतहट नरसंहारका योजनाकार मानिने अफ्ताब आलम र धरौटीमा छुटेका ललिता निवास जग्गा प्रकरणका आरोपी विजयकुमार गच्छदारको पुत्ला जलाएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संचालन गरेसँगै गच्छदार १० लाख धरौटीमा रिहा भएका थिए ।

युवा संघले आलमलाई पनि सरकारले रिहा गर्न सक्छ भन्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच सामान्य मुठभेडसमेत भएको थियो ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *