युरोको उपाधि ‘होम’मा कि ‘रोम’मा ?

करिब ३० दिन र ४६ खेलपछि युरोपेली फुटबलको च्याम्पियनको छिनोफानो आज हुँदैछ । आइतबार मध्यराति १२:४५ मा इंग्ल्यान्डको वेम्बली मैदानमा हुने खेलपछि इटाली र इंग्ल्यान्डमध्ये एकले उपाधिको ताज पहिरिनेछन् । इटाली ५३ वर्षपछि युरोकप उचाल्ने दाउमा रहँदा इंग्ल्यान्ड पहिलो पटक ट्रफी घरमै राख्न चाहन्छ ।

घरेलु मैदानमा हुन लागेको फाइनलबाट कप पनि घरमै राख्ने ध्याउन्नमा छन् इंग्ल्यान्डका खेलाडीहरु र उनीहरुलाई हौस्याइरहेका छन् हजारौं घरेलु दर्शकहरू ।

ईट्स कमिङ् होम भन्दै टिमलाई हौसला दिइरहेका इंग्लिस समर्थकलाई चुनौती दिँदै इटाली समर्थकहरु ईट्स कमिङ् टू रोम भनिरहेका छन् । खेलाडीलाई हौसला दिन इटालीका राष्ट्रपति नै वेम्बली रंगशालामा पुग्नेछन् ।

इटालीले पछिल्लो पटक सन् १९६८ मा युगोस्लाभियालाई पराजित गर्दै यो उपलब्धि हासिल गरेको थियो । इंग्ल्यान्ड भने ५५ वर्षपछिको पहिलो मुख्य(विश्वकप/युरो) प्रतियोगिताको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । १९६६ मा इंग्ल्यान्डले फिफा विश्वकप जितेको थियो ।

युरोपियन देशमा कुनै एक देशको दुई फाइनलमा यति लामो ग्याप यो नै सबैभन्दा धेरै हो । युरोपियन च्याम्पियनसिपमा भने इंग्लिस टीमको यो पहिलो फाइनल यात्रा हो । यो प्रतियोगितामा इंग्लिस टीमको पछिल्लो राम्रो प्रदर्शन १९९६ मा भएको थियो । जतिबेला टीम सेमिफाइनलसम्म पुगेको थियो ।

इंग्ल्यान्डसँग अपराजित इटाली
इटालीले मुख्य प्रतियोगितामा इंग्ल्यान्डसँग कहिले पनि पराजित हुनु परेको छैन । इटालीले कुल ४ मध्ये ३ खेलमा जित निकाल्दा १ खेल बराबरी भएको छ । इटालीले इंग्लिस टीमलाई १९८० को युरोमा १-०, १९९० तथा २०१४ को विश्वकपमा २-१ तथा युरो २०१२ मा पेनाल्टी सुटआउटमा पाखा लगाएको थियो ।

UEFA Euro 2020 Final Live Streaming Italy vs England: When and where to watch the final on TV and online | Football News - Hindustan Times

इंग्ल्यान्ड भने इटालीसँगका सबैखाले प्रतियोगितामा पछिल्ला १४ मध्ये २ खेलमा मात्र जित निकाल्न सफल भएको छ । जहाँ पाँच खेल बराबरी भएका छन् । २०१३ र १९९७ मा मैत्रिपूर्ण खेलमा इंग्ल्यान्ड विजयी भएको थियो ।

इंग्ल्यान्डको वेम्बली रंगशालामा ठूलो प्रतियोगिताको फाइनल तेस्रो पटक हुन लागेको हो । १९६६ को विश्वकपमा इंग्ल्यान्डले जर्मनीलाई पराजित गरेर उपाधि जितेको थियो भने १९९६ को युरोमा जर्मनीले चेक रिपब्लिकलाई पराजित गर्दै उपाधि जितेको थियो ।

केनसामू रोनाल्डोलाई पछि पार्ने मौका
इंग्लिस कप्तान ह्यारी केनलाई पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पछि पार्ने अवसर रहेको छ । ह्यारीले प्रतियोगितामा अहिलेसम्म ४ गोल गरिसकेका छन् । रोनाल्डोले ५ गोल गरेका थिए । इंग्लिस टिमकै रहिम स्टर्लिङले ३ गोल गरेका छन् ।

Harry Kane: 'It's 50-50': England captain Harry Kane expects Euro final nail-biter | Football News

१०औँ मुख्य प्रतियोगिताको फाइनल खेल्दै इटाली
यो युरो फाइनल इटालीको १०औँ मुख्य प्रतियोगिताको फाइनल हो । टीमले ६ पटक विश्वकपमा र योसहित चारपटक युरोकपको फाइनलमा स्थान बनाएको छ । युरोपियन देशमा इटालीबाहेक जर्मनीले सर्वाधिक मुख्य प्रतियोगिताको फाइनल खेलेको छ ।

जर्मनीले १४ मुख्य प्रतियोगिताको फाइनल खेलेको छ । इटाली २००० मा फ्रान्स तथा २०१२ मा स्पेनसँग पराजित हुँदै उपाधिविहीन बनेको थियो । त्यसअघि १९६८ मा च्याम्पियन बनेको थियो । जर्मनी र इटाली फाइनलमा सर्वाधिक पराजित हुने टीमसमेत हुन् । यी दुवै टीम फाइनलमा ३ – ३ पटक पराजित भएका छन् ।

इंग्ल्यान्ड फाइनलमा पुग्ने १३औँ नयाँ टीम
इंग्ल्यान्ड युरोपियन च्याम्पियनसिपको १३औँ टीम हो‚ जसले पहिलो पटक फाइनल खेल्दैछ । पछिल्ला १२ टीममा ३ टीमले मात्र प्रतियोगिताको पहिलो फाइनल सहभागितामा उपाधिविहीन हुनुपरेको थियो ।

EE and BT Celebrate England's Euro 2020 Final with FREE Data - ISPreview UK

बाँकी ९ टीमले उपाधि जितेका थिए । युगोस्लाभिया १९६०, बेल्जियम १९८० तथा पोर्चुगल २००४ ले युरोकपको फाइनलमा पहिलो सहभागितामा उपाधि जित्न सकेका थिएनन् ।

३३ खेलसम्म अपराजित इटाली
इटाली पछिल्ला ३३ खेलसम्म अपराजित टीम हो । यस क्रममा उसले २७ खेलमा जित र ६ खेल बराबरी गरेको छ । टीमले ३३ खेलमा ८६ गोल गर्दा केवल १० गोल खाएको छ । यो इटालीको अहिलेसम्मकै सर्वाधिक लामो अपराजित यात्रा हो ।

Euro 2020: Italy first through to round of 16, knockout stage - Sports Illustrated

इंग्ल्यान्ड भने पछिल्ला १२ खेलमा अपराजित छ । यस दौरान ११ खेलमा जित निकाल्दा उसले एक खेल बराबरी खेलेको छ । इंग्लिस टीमले १२ खेलमा विपक्षीलाई केवल २ गोलको मात्र अवसर दिएको छ । युरो २०२० मा अहिलेसम्मका ६ खेलमा इंग्ल्यान्डले १ गोलमात्र खाएको छ । यसले उसको रक्षापंक्ति सुदृढ रहेको पुष्टि गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *