इटालीलाई हौस्याउन राष्ट्रपतिसहित सयौं समर्थक लन्डन जाने

काठमाडौ । इटालीका राष्ट्रपति सर्जिओ माटररेला युरोकपको फाइनमा आफ्नो देशका खेलाडीलाई हौस्याउन बेलायत जाने भएका छन् । लन्डनको वेम्बली रंगशालामा हुने फाइनल खेलमा सन् १९६८ को बिजेता इटाली र पहिलोपटक फाइनल पुगेको इङ्ल्यान्ड खेल्दैछन् ।

विश्वकपपछिकै सर्वाधिक प्रतिष्ठाको खेलमा आफ्नो देशलाई जिताउन विदेशी भूमिमै पनि राष्ट्रपति उपस्थित हुने इटालीको चलन नयाँ भने होइन । सन् १९८२ को विश्वकप फाइनलदेखि सन् २००० को युरोकप फाइनल हुँदै २००६ को विश्वकपको फाइनलसम्म इटालीका राष्ट्रपतिहरू खेल प्रत्यक्ष रुपमा हेर्न र टिमलाई हौस्याउन रंगशालामै पुगेका थिए ।

Sergio Mattarella: the Italian president at the heart of a political crisis | Italy | The Guardian

सन् १९८२ मा राष्ट्रपति सान्द्रो पेर्तिनीले स्पेनमा भएको विश्वकपको फाइनल खेल रंगशालामै पुगेर हेरेका थिए । जसमा इटालीले जर्मनीलाई ३–१ ले पराजित गरेको थियो । नेदरल्यान्डमा भएको सन् २००० को युरोकप फाइनलमा फ्रान्सले २–१ ले हराएको खेलमा इटालीका राष्ट्रपति कार्लो एजेग्लीयो कियाम्पी रंगशालामा उपस्थित थिए । जर्मनीमा भएको सन् २००६ को विश्वकप फाइनलमा फ्रान्सलाई ५–३ ले पेनाल्टीमा हराउँदा इटालीका राष्ट्रपति जिओर्जियो नापोलितानो खेल स्थलमा उपस्थित थिए ।

इंग्ल्यान्डको नारा : फुटबल कमिङ होम, इटालीको नारा : इट्स कमिङ टू रोम

फिफा वरीयताको चौथो स्थानमा रहेको इंग्ल्यान्ड र सातौं वरीयताको इटालीबीचको खेलमा लन्डन पुगेका इटाली समर्थकहरुको कोटा एक हजार तोकिएको छ । एक हजार कोटामा आएकाहरुले पनि फर्कंदा आफ्नो देशमा पाँच दिन क्वारेन्टीन बस्नुपर्ने नियम छ । ट्राभल बबल सम्झौताअनुसार बेलायत आएका उनीहरुको स्थानीयसँग भने सम्पर्क हुने छैन ।

It's coming to Rome - 9GAG

पाँच दिनको क्वारेन्टीन र करिब ७२५ अमेरिकी डलर (८६ हजारभन्दा बढी नेपाली रुपैयाँ) हराहारीको टिकट काटेर उनीहरु वेम्बली पुग्ने बेलायती अखबार दी गार्जियले लेखेको छ ।

यति असहज नियम भएपनि समर्थकहरु तयार भएका छन् । अझ रोचक कुरा के छ भने ‘इट्स कमिङ होम’ भन्ने इंग्ल्यान्ड समथर्कहरुको नारालाई चुनौती दिँदै उनीहरुले आफ्नै नयाँ नारा बनाएका छन् । नारा हो- ‘इट्स कमिङ टू रोम ।’ यी दुवै नारा अहिले सामाजिक संजालमा चर्चाका विषय भएका छन् ।

रोमको रंगशालमा पर्दाबाट युरोकप देखाउने प्रस्ताव
यसैबीच, वेम्बलीमा हुने फाइनल खेल इटालीको शहर रोममा रहेको ओलम्पिक रंगशालमा दर्शकहरुलाई प्रत्यक्ष प्रसारणमार्फत पर्दामा देखाइने सम्भावना पनि रहेको छ ।

Euro Cup 2020 finals; Italy vs England: Is it coming home or going Rome?

रोमकी मेयर भर्जिनिया रेग्गीले रंगशालामा खेलको प्रत्यक्ष प्रसारण देखाउने प्रस्ताव गरेको इटालीयन मिडिया वान्टेडइन रोमले उल्लेख गरेको छ । मेयरले रंगशालाको एक चौथाइ अर्थात् १६ हजार दर्शकलाई रंगशालामा राखेर हेर्न प्रस्ताव गरेकी छन् । कोभिड–१९ का कारण थोरैलाई मात्रै रंगशालामा राख्न सकिने उनको भनाइ छ ।

‘अवस्था ठिकठाक भए रोमबासीले रंगशालामै बसेर खेल हेर्न पाउनेछन्’, मेयर रेग्गीले बताएकी छन् । तर, इटाली सरकारका खेलकुद सरोकारवालाहरुले भने रंगशाला खोल्ने कुरामा सहमति जनाइनसकेको अलजजिराले लेखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *