इंग्लिस टीम : उपाधिको आश तर त्रासै त्रास

काठमाडौं । युरो २०२० को सेमिफाइनलमा डेनमार्कलाई हराउँदै फाइनल पुग्नु समर्थकका लागि खुसीको कुरा हो । तर धेरैको अनुमानअनुसारकै नतिजा आएपनि खेलमा इंग्लयान्डले आशा गरेजस्तो पकड कायम राख्न भने सकेन । घरेलु मैदान र दर्शकको फाइदामा रहेको इंग्ल्यान्डसँग डेनिस टीमले बहादुरीपूर्ण प्रदर्शन गर्‍यो । अतिरिक्त समयमा इंग्ल्यान्ड भाग्यमानी बन्यो ।

रहिम स्टर्लिङमाथिको फल डेनमार्कलाई महँगो पर्‍यो । यसैकारण पाएको पेनाल्टीमा ह्यारी केनले गोल गरे । उनको प्रहार डेनिस गोलकिपरले बचाएपनि उनले पन्च गरेर रिबाउन्ड भएको बललाई केनले पोस्टको दिशा दिए । भलै, इंग्ल्यान्डलाई यो पेनाल्टी दिने निर्णयको आलोचनाहरू पनि प्रशस्तै भइरहेका छन् ।

डेनमार्कसँगको जितपछि इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुग्यो । त्यसो त इंग्ल्यान्डलाई घरेलु मैदानमा सधैं दाबेदार मानिन्छ । इंग्ल्यान्डले पाएकामध्ये धेरैजसो घरेलु मैदानमा नै सम्भव बनाएको छ । त्यसैले यो पटक बलियो इटाली पाखा लगाउन फेरि एकपटक वेम्बलीमा ६० हजार दर्शकमाझ इंग्लिस टीमको प्रदर्शन सम्झनलायक बन्ने विश्वास प्रशिक्षक ग्यारेथ साउथगेटले गरेका छन् ।

England Vs Italy Clash In The Euro 2020 Final But History's Against Southgate - Todayuknews

तर प्रतियोगिताको फाइनलमा इंग्ल्यान्ड दबाबमा हुने पनि हुनेछ । किनभने पहिलोपटक युरोपियन च्याम्पियनसिपको उपाधि उठाउन उसले इटालीको चुनौती पन्छाउनुपर्नेछ, जुन सहज हुने छैन ।

यो पनि
युरो २०२० सेमिफाइनल : इटाली र इंग्ल्यान्डको किन बढी चर्चा ?

फाइनलमा पुगेको इटाली २०१८ को विश्वकप छनौटमा असफल भएको थियो । यद्यपि म्यानचेस्टर सिटीका पूर्वप्रशिक्षक रोबर्टो मान्सिनीले टीमलाई निरन्तर अपराजित राखेका छन् । उनले बेल्जियम र स्पेनजस्ता बलिया प्रतिद्वन्दीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । ३३ खेलमा अपराजित रहँदै हार्न बिर्सिएको इटालीसँगको फाइनल जित्नुपर्ने भएकाले पनि इंग्लिस टोली दबाबमा हुने विश्लेषणहरु भइरहेका छन् ।

प्रशिक्षक ग्यारेथ साउथगेटले फाइनलका लागि टीमको तयारी सुरु गरिसकिएको बताएका छन् । टीमको ऐतिहासिक उपलब्धिका लागि खेलाडीलाई बिनादबाब मैदानमा उत्रने अवस्था सिर्जना हुनुपर्ने उनले बताए । उनले भने‚ ‘स्वभाविक रुपमा ठुलो प्रतियोगिताको फाइनलमा टीमलाई दबाब पर्छ नै‚ तर दबाबभन्दा पनि हौसला राखेर खेलाडीले मैदानमा प्रदर्शन गर्न सके त्यसले सकारात्मक नतिजा दिनेछ ।’

त्यसो त सधैं सेमिफाइनलमा अड्किने गरेको इतिहास तोडेर फाइनल पुगेसँगै स्वभाविक रुमपा इंग्ल्यान्डसँग उपाधिको अपेक्षा छ । तर ३३ खेलसम्म अपराजित रहेको टीम अजुरुलाई रोक्नु चानचुने कुरा होइन ।

यदि आइतबार हुने फाइनलमा इंग्ल्यान्डले इटालीलाई पराजित गरे १९६६ मा जितेको विश्वकपपछि उसको पहिलो ठुलो उपाधि हुनेछ । इंग्ल्यान्डले युरोपियन च्याम्पियनसिपको उपाधि भने अहिलेसम्म जित्न सकेको छैन ।

England vs Italy, Euro 2020 final: What time is kick off on Sunday and how to watch live at Wembley

प्रशिक्षक साउथगेट यसलाई लामो समयपछिको खुसीको संज्ञा दिँदै इंग्लिस समर्थकका लागि यो क्षण कति आवश्यक थियो भनेर प्रमाणित भएको बताउँछन् । उनी भन्छन्‚ ‘सेमिफाइनलबाट फाइनल पुग्दाको खुसीलाई बाँकी केही दिनमा पूर्णता दिन प्रयास हुनेछ ।’ इंग्लिस टिमका पूर्वफरवार्ड ग्यारी लिंकरले आफ्नो जीवनमा पहिला यस्तो अनुभव नै नभएको बताएका छन् । उनले यसलाई फरक किसिमको खुसी र अनुभवको क्षण भएको बताए ।

इंग्ल्यान्डले मुख्य प्रतियोगितामा भोगेको दुःख
इंग्ल्यान्डले सन् १९६६ को विश्वकप उपाधिपछि अर्को उपाधिका लागि एकपछि अर्को मेहनत गरिरह्यो । उक्त विश्वकपपछि इंग्ल्यान्डले मुख्य प्रतियोगितामा मात्रै ३०२ खेल खेलेको छ । ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनलमा पुग्दा उसले २७ हजार ५ सय ७० मिनेट मैदानमा बिताएको छ । १८० खेल जितेको इंग्लिस टिमले ६ सय ४ गोल गरेको छ भने १ सय ९६ गोल व्यहोरेको छ ।

यो पनि
घरेलु मैदानमा फर्किएको इंग्लिस टीमको सान

१९६६ यता इंग्ल्यान्ड पोर्चुगलसँग दुई पटक नकआउटमा पराजित भएको छ । २००४ र २००६ मा पोर्चुगल उसको हारको कारण बनेको छ ।

त्यस्तै जर्मनीले पनि इंग्ल्यान्डलाई मुख्य प्रतियोगितामा निरन्तर दुःख दिएको छ । २०१८ को विश्वकप र २०१९ को नेसन्स कपको सेमिफाइनलसम्म पुर्यालउन सफल प्रशिक्षक ग्यारेथ साउथगेट अब भने उपाधि उचाल्ने क्षणको नजिकै पुगेका छन् ।

इंग्ल्यान्डलाई झस्काउने ती खेल
इंग्ल्यान्डले उपलब्धि हासिल नगरेको पनि होइन । यूईएफए र फिफाले आयोजना गरेका २८ ठुला प्रतियोगितामध्ये इंग्ल्यान्डले १४ वटामा नकआउटसम्म स्थान बनाएको छ ।

१९७० को मेक्सिको विश्वकपमा गर्ड मुलरको भलिदेखि २०१० को विश्वकपमा फ्रेन्क लाम्पार्डको गोलले मान्यता नपाएकोसम्म घटना दुःखदायी रहे । १९८६ मा म्यारोडोनाको ह्यान्ड अफ गड’को शिकार पनि इंग्ल्यान्ड नै भएको थियो । त्यस्तै १९९० को विश्वकप र १९९६ को युरोमा जर्मनीसँग पेनाल्टी सुटआउटमा बाहिरिएको पीडा सबै एकमुष्ट भुलाउने अवसर बनेर यूरो २०२० आएको छ ।

दर्शक क्षमता बढाउन माग
फाइनल प्रवेशका लागि अहिलेसम्म कुल ६० हजार दर्शकलाई मैदान प्रवेशको अनुमति दिइएको छ । वेम्बलीमा दर्शक क्षमता करिब ९० हजार छ । धेरैले यो ऐतिहासिक अवसरका लागि मैदानमा दर्शक बढाउन आग्रह गरेका छन् । डेनमार्कसँगको सेमिफाइनलको टिकट सामाजिक सञ्जालमा १ हजार पाउन्डसम्ममा बिक्री भएको थियो । यूईएफएको आधिकारिक वेबसाइटले फाइनलमा सर्वसाधारणका लागि छुट्याइएको टिकट बिक्री भइसकेको जनाएको छ ।

धेरैले दुवै खोप लगाएकालाई मैदान प्रवेशका लागि अनुमति दिन र त्यसका लागि सिट संख्या बढाउन आग्रह गरेका छन् । यद्यपि आधिकारिक रुपमा यूईएफएले थप दर्शक फाइनलमा प्रवेश गराउने विषयमा कुनै निर्णय भने गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *