संसद विघटनविरुद्ध पाँच विद्यार्थी संगठनको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको माइतीघरमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधव नेपाल समूह निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं)ले प्रदर्शन गरेका हुन् ।

प्रतिनिधि सभा विघटन गरिनु असंवैधानिक भएको भन्दै उनीहरूले सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।

उनीहरूले राष्ट्रपति-प्रधानमन्त्री संविधान पढ‚ विद्यालय खोल्ने वातावरण बनाऊ‚ सबै विद्यार्थीलाई पढ्न देऊलगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रतिनिधिसभा विघटनको विरोधमा विपक्षी विद्यार्थी संगठनले विरोध गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *