विद्यार्थीले मागे प्रधानमन्त्रीको राजीनामा (तस्बिहरु)

काठमाडौं । विपक्षी गठबन्धननिकट विद्यार्थी संगठनहरुले सरकार विरोधी प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

नेविसंघ, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरुले प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

काठमाडौंका विभिन्न क्षेत्रमा गरिएको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्नुका साथै राजीनामासमेत मागिएको छ ।

विद्यार्थीहरुले प्रधानमन्त्रीको असंवैधानिक कदम सच्चिनुपर्ने मागसमेत गरेका छन् । विद्यार्थीहरुले संसद् पुनःस्थापना हुनुपर्ने, प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने, पेट्रोलियम पदार्थको मूल्यसहित दैनिक उपभोग्य वस्तुको मूल्यमा सन्तुलनता आउनुपर्नेलगायतका माग गरेका छन् ।

प्रदर्शनको क्रममा अनेरास्ववियूकी महासचिव आरती लामा घाइते भएकी छन् भने केही पत्रकारसमेत घाइते भएका छन् ।

शनिबार (आज) विद्यार्थीहरुले चाबहिलस्थित पशुपति कलेज, कोटेश्वरस्थित कोटेश्वर बहुमुखीलगायत विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *