नेविसंघद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । पुतलिसडकस्थित शंकरदेव क्याम्पसमा  उत्रिएका नेविसंघनिकट विद्यार्थीहरूले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् ।

विद्यार्थीहरुले विभिन्न नारा लगाउँदै प्रतिगमन सच्चिनुपर्नेलगायतका माग राखेका छन् । प्रधानमन्त्री ओलीले गत जेठ ८ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधि सभा भङ्ग गरेपछि बनेको विपक्षी ५ दलसम्बद्ध महागठबन्धन निरन्तर सरकारविरुद्ध खबरदारी गर्दै आएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ८ जना विद्यार्थीलाई गिरफ्तार गरेको नेविसंघले बताएको छ ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *