राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन (तस्बिरहरु)

काठमाडौं । नेविसंघ र अखिलसम्बद्ध विद्यार्थीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । प्रदर्शनी मार्गमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् ।

विद्यार्थीहरुले विभिन्न नारा लगाउँदै प्रतिगमन सच्चिनुपर्नेलगायतका माग गरेका छन् । प्रधानमन्त्री ओलीले गत जेठ ८ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधि सभा भङ्ग गरेपछि बनेको विपक्षी ५ दलसम्बद्ध महागठबन्धन निरन्तर सरकारविरुद्ध खबरदारी गर्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *