विपक्षी विद्यार्थी संगठनद्वारा देशैभर सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । प्रतिनिधिसभा विघटनलगायत सरकारको काम कारबाहीको विरोध गर्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनले देशभर प्रदर्शन गरेका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियनलगायत ५ विद्यार्थी संगठनले बुधबार देशभर विरोध प्रदर्शन गरेका हुन् ।

यसै क्रममा नेविसंघले काठमाडौंको चाबहिलस्थित पशुपति क्याम्पसअगाडि प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो भने विद्यार्थीहरुले सरकार विरोधी नारा लगाएका थिए ।

त्यस्तै अखिल क्रान्तिकारीले नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गर्दा सामान्य झडपसमेत भएको थियो । यसैगरी नेवि संघले पनि काठमाडौंको प्रदर्शनी मार्गमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *