को हुन् सांसद र कर्मचारीको नाममा खोप लगाउनेहरू ? (तस्बिरहरू)

काठमाडौं । संघीय संसदका सभामुख, अध्यक्ष, उपाध्यक्ष तथा सांसदहरु र संघीय संसदका कर्माचारीलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ । यसअघि खोप नलगाएकाहरुलाई भेरोसेल खोपको पहिलो मात्रा र यसअघि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाइसकेकाहरुलाई त्यही खोपको दोस्रो मात्रा लगाइएको हो ।

यसअघि खोप लगाउन छुटेकाहरुलाई बुधबार खोप लगाइएको संसद सचिवालयले जनाएको छ । खोप लगाउन तोकिएको समयमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र,को क्यान्टिन हल, नयाँ बानेश्वरमा पुग्दा खोप कार्यक्रम चलिरहेको थियो । खोप सांसद र संसद कर्मचारीका लागि मात्र भनिएपनि केही यसबाहेकका व्यक्तिले पनि खोप लगाइरहेको देखिन्थ्यो ।

भेरोसेल खोपको पहिलो मात्रा लगाइरहेका मध्ये केही न त सांसद थिए‚ न त संसदका कर्मचारी नै । खोप स्थलमा उपस्थित स्वास्थ्य सेवा विभागका स्वास्थ्यकर्मीले संसद सचिवालयले पठाएको नामका आधारमा परिचयपत्र हेरेर खोप लगाइरहेको र त्यो नाम बाहेक कसैलाई पनि खोप नलगाएको सचिवालयले जनाएको छ । सचिवालयले पठाएको नामलिस्टमा व्यक्तिको नाममात्र लेखिएको र पद भने नलेखिएको उनीहरुले बताए ।

यसअघि पनि सांसद र कर्मचारीका लागि भनिएको खोपमा उनीहरुका छोराछोरी र आफन्तले पनि खोप लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *