तोप चराको ‘इञ्जिनियरिङ्ग’ (तस्बिरहरु)

काठमाडौं । तोप चरा, जसलाई इञ्जिनियर चरा पनि भनिन्छ । त्यसो त तोप चरा आफ्नो गुँड बनाउनमा पोख्त हुन्छन् । भँगेरा वर्गका यो चराका क्षेत्रगत रुपमा फरक-फरक नाम छन् । यसलाई तराइ क्षेत्रमा ‘सुजरो’ भन्छिन् भने पहाडतिर ‘चोंची’ भनिन्छ ।

खासगरी भाले तोप चराको प्रमुख काम गुँड बनाउनु हो । यिनीहरुले चुच्चोको सहाराले कलात्मक गुँड बनाउन सक्छन् । जुन, उनीहरुको आफ्नो घरमात्रै होइन, पोथीलाई आफ्नो उत्तम ‘अस्त्र’ पनि हो । भालेले गुँड बनाइन्जेलसम्म हेरिरहने पोथी उसलाई गुँड मन नपरे गुँडभित्र नपस्न पनि सक्छन् ।

तोप चराहरुले आफ्नो गुँडलाई हावामा तुर्लुङ्ग झुन्ड्याउँछन् । जसले गर्दा उनीहरुले आफूलाई सुरक्षित महसुस गर्छन् । पोथी तोप चराहरु राम्रो गुँड आकर्षक हुनुपर्ने ठान्छन् । उनीहरुले कहिलेकाहीँ राम्रो गुँड बनाउने भाले तोप चरा नपाएर जिल्लिनेसमेत गर्छन् ।

प्रतिक्रिया

One thought on “तोप चराको ‘इञ्जिनियरिङ्ग’ (तस्बिरहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *