संसद् पुनःस्थापना हुने कुरामा आशङ्कै छैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनःस्थापना हुने कुरामा कुनै आशङ्का नरहेको बताएका छन् । सोमबार (आज) बानेश्वरस्थित संसद् भवनस्थित ल्होत्से हलमा पत्रकारहरसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले भने— ‘तथ्य, नजिर, प्रमाण र दस्तावेजहरु हेर्दा संसद् पुनःस्थापना हुने कुरामा शङ्कै छैन । तर, अझै विश्वस्त भइहाल्नुपर्छ भन्ने चाहिँ लागेको छैन । एउटा ठूलै गन्ध चलिरहेको छ । तर, अब जनआवाजको आवश्यक्ता भएको छ ।’

गत वर्षको पुस ५ मा पहिलो पटक संसद् विघटन गरेपछि जनता सडकमा आएको र फेरि पनि जनता सडकमा आउनुपर्ने बताउँदै अध्यक्ष प्रचण्डले भने— ‘संसद् पुनःस्थापना हुन्छ । संकेत सकारात्मक छ । तर, हामी अझै पनि ढुक्कै बस्नु चाहिँ हुन्न ।’ यस्तै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधानलाई सिध्याउन खोजेको आरोप लगाए । भने— ‘राष्ट्रपति चुन्दै गर्दा यत्तिकै हुन्छ होला भन्ने लागेको थिएन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *