२ वर्षपछि सोमबारबाट सुरू हुँदै विम्बल्डन

टेनिसको सर्वाधिक पुरानो ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डन आजबाट शुरू हुँदैछ । २ वर्षपछि पुनरागमन हुन लागेको प्रतियोगिता ११ जुलाईसम्म चल्नेछ । प्रतियोगिताको गत संस्करण भने कोरोना भाइरसका कारण रद्द गरिएको थियो । दोस्रो विश्वयुद्धपछि विम्बल्डन रोकिएको २०२० मा पहिलो पटक हो ।

प्रतियोगितामा यसपटक २० पटकका ग्रान्डसलाम विजेता रोजर फेडेरर तथा १९ पटकका विजेता नोभाक जोकोभोची मुख्य आकर्षण रहनेछन् । विम्बल्डनको तयारीका लागि फेडेररले फ्रेन्च ओपनको तेस्रो चरणबाट नाम फिर्ता लिएका थिए ।

wimbledon draw 2021

विश्व नम्बर एक सर्वियन जोकोभिच साविक विजेता पनि हुन् । उनले यसै वर्ष अस्ट्रेलियन ओपन र फ्रेन्च ओपन जितिसकेकाले विम्बल्डनमा पनि मुख्य दाबेदारका रुपमा रहेका छन् । महिलातर्फ साविक विजेता सिमोना हालेपले भने चोटका कारण प्रतियोगिता गुमाउनेछिन् ।

क-कसले फिर्ता लिए नाम
धेरै टेनिस खेलाडीको सपना रहने गरेको विम्बल्डनमा यो पटक केही दिग्गज खेलाडीहरुले भने नाम फिर्ता लिएका छन् । जसमा राफायल नाडाल, सिमोना हालेप, नाओमी ओसाका, डोमिनिक थिएम, मिलोस राओनिक र डेविड गोफिनलगायत छन् ।

विम्बल्डनको इतिहास
विश्वको सर्वाधिक पुरानो टेनिस प्रतियोगिता विम्बलडनको सुरुवात ९ जुलाई १९८७ बाट भएको हो । उक्त समय खेल विम्बल्डनको वोर्फल रोमा हुने गर्थ्यो । पहिला यसलाई लङ टेनिस मिटिङका नामले चिनिन्थ्यो । यसमा अम्याच्योर खेलाडीले पनि सहभागिता जनाउन पाउँथे ।

शुरूआतमा यो प्रतियोगितामा केवल पुरुष एकलको मात्र प्रतिस्पर्धा हुन्थ्यो । सन् १९४४ पछि यसमा महिला एकल र पुरुष जोडीको प्रतिस्पर्धा थपियो । पछि सन् १९१३ देखि भने महिला जोडी र महिला तथा पुरुषको मिश्रित जोडी स्पर्धा पनि थपियो ।

ड्रेस कोडमा कडाइ

विमब्लडनमा एउटा कुरा मुख्य रहने गर्छ । त्यो हो, पोशाक संहिता अर्थात् ड्रेस कोड । सबै खेलाडीले सेतो पोशाक लगाउनैपर्ने हुन्छ । यो शुरुदेखिकै चलन हो । उक्त समय पसिनाको दाग हटाउनलाई ‘ह्वाइट ड्रेस’ लगाउने गरिन्थ्यो ।

Fed Cilic Wimbledon Quarters 2016

 

सन् २०१३ मा सुन्तला रङ्गको सोल भएको जुत्ता लगाएका फेडेररलाई जुत्ता फेर्न लगाइएको थियो । यो ‘ड्रेस कोड’मा कति कडाइ गरिन्छ भन्ने एक उदाहरण हो ।

रुफस चराको प्रयोग
प्रतियोगिताको सुरुवात रूफस नामक चरा (बाज)लाई उडाएर गरिन्छ । यसको कारण पनि छ । कोर्टमा परेवा नआओस् भन्नका लागि बाजलाई उडाइएको हो । यद्यपि यसले परेवालाई कुनै क्षति नपुर्या।ई कोर्टमा आउनबाट रोक्छ ।

Rufus, the hawk has been a Wimbledon star for over a decade

२०१२ मा यो चरा चोरी भएको थियो । तर पुनः यसलाई खोजेर ल्याइएको छ ।

५४ हजार बलको प्रयोग
प्रतियोगितामा अहिलेसम्म ५४ हजार टेनिस बलको प्रयोग गरिएको छ । बल प्रयोगमा नआएको खण्डमा यसमा कुनै दाग नलागोस् भनेर फ्रिजमा सुरक्षित राखिन्छ । खेलपछि विम्बल्डनका समर्थकले यी बल सस्तो मूल्यमा खरिद गर्ने गरेका छन् ।

स्ट्रबेरी र क्रिमको कुरा
प्रतियोगितामा टेनिस र्‍याकेट जतिकै महत्वपूर्ण स्ट्रबेरी तथा क्रिमलाई मानिन्छ । सन् २०१७ मा प्रतियोगिता हेर्न कोर्टमा आउने दर्शकलाई २३ टन स्ट्रबेरी तथा ७ हजार लिटर फ्रेस क्रिम बाँडिएको थियो ।

Wimbledon strawberries won't go to waste – GrandSlamTennis.Online

 

विम्बलडनमा बल बटुल्ने ‘बल गर्ल’ र ‘बल ब्वाइ’ हुनुलाई एक महत्वपूर्ण कामका रुपमा लिइन्छ । प्रतियोगिताका लागि २७ विद्यालयबाट २५० किशोरकिशोरी छनोट गरिन्छ । यी सबै १५ वर्ष आसपासका हुने गर्छन् । उनीहरु तीन मिनेटभन्दा बढी समयसम्म शान्त रहन सक्ने/नसक्ने परीक्षण गरी सफल हुनेहरुबाट छनौट गरिन्छ ।

नवरातिलोव र फेडेरर सर्वाधिक धेरैपटकका विजेता

 

पुरुषतर्फ सर्वाधिक विम्बलडनको उपाधि जित्ने कीर्तिमान रोजर फेडेररको नाममा छ । उनले ८ पटक विम्बल्डनको उपाधि जितेका छन् । महिलातर्फ अमेरिकी खेलाडी मार्टिन नवरातिलोवले ९ पटक उपाधी जितेर कीर्तिमान बनाएकी छन् । अमेरीकाकै हलेन विलिस मुडीले ८ पटक विम्बल्डन जितेकी छन् ।

११ घन्टासम्म चलेको खेल
विम्बलडनको सर्वाधिक लामो खेल जुन २३, २०१० मा खेलिएको थियो । अमेरीकाका जोना इस्नरले फ्रान्सका निकोलस माहुतसँग ११ घन्टा ५ मिनेट लामो भिडन्तमा जित निकालेका थिए । यो खेल ३ दिनसम्म चलेको थियो । प्रतियोगितामा पुरुषतर्फ सर्वाधिक तीव्र सर्भिस गर्ने कीर्तिमान टेलर डेन्टको नाममा छ ।

उनले २३८ किमीका गतिले सर्भिस गरेका थिए । महिलातर्फ भेनस विलियम्सले सबैभन्दा तीव्र २०५ किमीका गतिले सर्भिस गरेको कीर्तिमान छ ।

पुरस्कार
यो पटक प्रतियोगिताका विजेता पुरुष तथा महिला खेलाडीलाई २८.४८ करोड रुपैयाँ दिइन्छ । त्यस्तै उपविजेताले करिब १५ करोड रुपैयाँ पाउँछन् । यो २०१९ को तुलनामा ७ दशमलव ८५ प्रतिशत कम हो ।

Wimbledon 2019: men's singles semi-finals, day 11 order of play, title betting odds | The Week UK

प्रतियोगिता जित्ने महिला खेलाडीलाई राउन्ड प्लेट आकारको ट्रफी प्रदान गरिन्छ । जसलाई सालवर पनि भनिन्छ । यो सन् १९६४ मा तयार गरिएको हो । पुरूषतर्फको स्पर्धा विजेतालाई भने गोल्डेन कप दिइने गरिन्छ । यसको सुरुवात १८८७ मा भएको हो । विजेतालाई ट्रफी राख्ने अधिकार दिइएको छैन । यसलाई इंग्ल्यान्डको क्लब म्युजियममा राखिन्छ । विजेतालाई रिप्लिका अर्थात् ट्रफीजस्तै अर्को ट्रफी बनाएर दिने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *