अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी, उपाधि वेस्ट इन्डिजलाई

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।

जितका लागि १७३ रनको लक्ष्य पाएको नेपालले १८.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो ।

नेपालको जितमा आसिफ शेख र अनिल शाहले अर्ध शतक प्रहार गरे ।

साहले ४५ बलमा ५८ तथा आसिफ शेखले ३५ बलमा ५१ रन बनाए । कुशल मल्लले १८ बलमा ३ चौका र ३ छक्का सहित ३७ रनमा नटआउट रहे ।

दुई ओभरमा २२ रन चाहिएको अवस्थामा १९ औँ ओभरको ५ बलमा नै १ छक्का र ४ चौका आएपछि नेपालले जित हासिल गर्‍यो ।

शृंखलाको अन्तिम खेलअगावै वेस्ट इन्डिज ‘ए’ ले शृंखला जितिसकेको छ । नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृंखला जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *