अर्धशतक बनाएर आउट भए अनिल

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालका अनिल शाहले पनि अर्धशतक पूरा गरेका छन् । उनले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । अर्धशतक पूरा गर्नेक्रममा उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

उनले ४५ बलमा ५८ रन बनाएर क्याचआउट भए ।

यसअघि ओपनर आसिफले पनि अर्शशतक प्रहार गरेका थिए । अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *